शनिबार, भदौ २०, २०८३

जिम्बु, भोटेजिराको व्यापारमा उपल्लो डोल्पावासी

कोभिडका कारण यार्सागुम्बा संकलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन्। 
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

जाजरकोट– कोभिडका कारण यार्सागुम्बा संकलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन्। 

चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ संकलन गरिरहेका हुन्। उपल्लो डोल्पाको पाटनमा पाइने यो सुगन्धवाला खरबाट जिम्बु, भोटेजिरा उत्पादन हुने गर्दछ। 

जाजरकोटको बारेकोट गाउँपालिकाको अग्ला हिमालमा यो पाइने भए पनि डोल्पाको जति राम्रो नभएको बारेकोट ५ का जनकबहादुर शाहीले जानकारी दिए।  

खेतबारीमा खाद्यान्न उत्पादन नहुने भएकाले जंगलमा उत्पादन हुने जडीबुटी संकलन गरेर बिक्री गरी आएको पैसाले दैनिक पारिवारिक समस्या समाधान गर्दै आएको इमान गुरुङले बताए। गुरुङजस्तै वडा नं ७ का सार्के वैजु श्रीमतीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जिम्बु बिक्री गरिरहेका छन्। 

दुई छोरा काठमाडौंमा पढाउँदै आएका वैजु बर्सेनि जिम्बु बिक्री गरेर हुने आम्दानीले छोराको पढाइ खर्च जुटाउँदै आएको बताउँछन्। अहिले जेठो १० र कान्छो ७ कक्षामा काठमाडौं पढ्दैछन्। 

जिम्बु, भोटेजिरा बिक्री गरेर आएको पैसाबाट पढाइ खर्च पठाइरहेको उनको भनाइ छ। उपल्लो डोल्पाबाट दुनैसम्म पिठ्यूँमा बोकेर ल्याएको जिम्बु, सिमीलगायतका बस्तु दुनैबाट ट्याक्टरमा राखेर कर्णाली प्रदेश र अन्य ठाउँमा निर्यात गरिँदै आएको उनको भनाइ छ।

उपल्लो डोल्पाको हिमाली भागमा चौँरी पाटनमा उम्रिने यो जिम्बु दाल तथा तरकारीमा राख्दा बास्नादार हुने भएकाले अत्यधिक प्रयोग हुँदै आएको छ।

उपल्लो डोल्पाका सबै स्थानीय तहको जंगलमा पाइने यो बास्नादारा जिम्बु देशका अन्य ठाउँमा अत्यधिक माग हुने गरेको छ। यहाँका स्थानीयवासी जंगलमा पाइने जिम्बु सित्तैमा संकलन गरी आर्थिक उपार्जनको राम्रो माध्यम बनाउँदै आएका छन्।

भौगोलिकरूपमा सडक सञ्जालसँग नजोडिएका डोल्पो बुद्ध, शेफोक्सुण्डो, छार्काताङसुङ गाउँपालिकाका पाटनमा जिम्बु पाइन्छ। यहाँका अधिकांश स्थानीयवासी जिम्बु संकलन गरेर बाहिरी जिल्लामा पुगेर बिक्री गर्छन्। 

जिम्बु प्रतिमाना ५० मा बिक्री हुन्छ। असोज कात्तिक महिनामा पाटन क्षेत्रमा जिम्बु सुक्ने भएकाले सोही समयमा पाटन पुगेर जिम्बु टिप्ने गरिन्छ। बालबालिकादेखि सबै उमेरका स्थानीयवासी जिम्बु टिपेर अर्थ उर्पाजनमा संलग्न हुन्छन्। 

जिम्बु बेचेर कतिपयले राम्रो आम्दानी गर्दै आएको फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिए। कर लगाउने भने पनि ठूलो मात्रामा व्यावसायिक अभ्यास सुरु नभएका कारण करको दायरामा ल्याउन अझै समय लाग्ने न्यौपानेको भनाइ छ। 

उपल्लो डोल्पाका सबै स्थानीय तहमा पाइने भोटे जिरा (पोट्का) को माग अत्यधिक हुने गरेको छ। तरकारी, मासु र चटनीमा अत्यधिकरुपमा प्रयोग हुने भोटेजिरा उपल्लो डोल्पाको पाटनमा पाइन्छ। प्रतिकेजी ५०० देखि ७०० सम्म पर्ने यो भोटे जिरा ‘अर्गानिक’ मानिन्छ। स्थानीयवासीले भदौ महिनाको तेस्रो सातातिर भोटे जिरा संकलन गर्दछन्। 

प्रकाशित: Jan 28, 2021| 01:12 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।