शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहिद र बेपत्ता परिवारलाई सम्मान र परिचयपत्र उपलब्ध गराइने

सहिद र बेपत्ता परिवारलाई सम्मान र परिचयपत्र उपलब्ध गराइने

सरकारले लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका योद्धालाई सम्मान र परिचयपत्र उलब्ध गराउने भएको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं- सरकारले लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका योद्धालाई सम्मान र परिचयपत्र उलब्ध गराउने भएको छ।

सरकारले त्यसका लागि जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने सहिद र बेपत्ता व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख संकलन गर्ने निर्णय निर्णय गरेको छ।

मन्त्रिषरिषद्को यही माघ ११ गतेको बैठकले सम्मान र परिचयपत्र उपलब्ध गराउने सम्बन्धमा आगामी बैठकमा प्रस्ताव पेश गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको सूचना सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

उक्त समितिमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्वाहाङ्फे सदस्य छन्।

वाङ्मय शताब्दी पुरुष र राष्ट्रकवीको तस्वीर अंकित हुलाक टिकट

सरकारले वाङ्मय शतादी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको छ।

ती हुलाक टिकट छपाई भई आइसकेकाले प्रकाशन गर्न स्वीकृति दिने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए। उक्त बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७७ र विदेशबाट नेपाल आगमन हुने यात्रुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिनसम्बन्धी आदेश, २०७७ स्वीकृत गरेको छ।

सरकारले महान्यायधिवक्ता कार्यालयको संस्थागत सुधार कार्यक्रमअन्तर्गत सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ। बैठकले घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं १ को चारकिल्लाभित्र पर्ने ५४९ बिघा जग्गामा दाङ औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

सरकारले फेवातालको चारकिल्ला निर्धारण, सिमांकन तथा नक्सांकन समितिका संयोजकका लागि कार्य प्रारम्भ भएको मितिदेखि मासिक ५६ हजार ८४० रुपैयाँका दरले छ महिनाका लागि पारिश्रमिक तथा भत्ता उपलब्ध गराउने भएको छ। रासस

प्रकाशित: Jan 27, 2021| 14:23 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।