शनिबार, भदौ २०, २०८३

लागुऔषध ब्राउन सुगरसहित महिला पक्राउ

कैलालीमा लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन्।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

धनगढी- कैलालीमा लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका-२ मिलन टोलकी ३२ वर्षीया अनिता भाट रहेको प्रहरीले जनाएको छ।

बिक्रीका लागि घरमा लुकाएर राखेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा कोठामा लुकाएर राखेको २० ग्राम १४० ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। 

६ वटा पुरिया बनाइराखेको अवस्थामा लागुऔषध ब्राउन सुगर बरामद गरी भाटलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको बिष्टले बताए।

प्रकाशित: Jan 27, 2021| 13:08 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।