शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिलो दिन करिब १० हजार जनाले पाए कोरोना खोप, साइड इफेक्ट देखिएन

पहिलो दिन करिब १० हजार जनाले पाए कोरोना खोप, साइड इफेक्ट देखिएन

बुधबारदेखि कोरोना खोप अभियान सुरु भएको नेपालमा पहिलो दिन करिब १० हजार जनाले खोप पाएका छन्। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं– बुधबारदेखि कोरोना खोप अभियान सुरु भएको नेपालमा पहिलो दिन करिब १० हजार जनाले खोप पाएका छन्। 

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बेलुकी ५ बजेसम्म ९ हजार ८४ जनाले कोरोना खोप लगाएका हुन्। 

प्रदेश १ मा १२५५ जनाले, प्रदेश २ मा ७२६ जनाले, बागमतीमा २६९४ जनाले, गण्डकीमा १८४३ जनाले, लुम्बिनीमा ७३३ जनाले, कर्णालीमा ७५१ जनाले र सुदूरपश्चिममा १०८२ जनाले कोरोना खोप लगाएका छन्।

मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै खोप अभियान सफलतापूर्वक सञ्चालन भएको र खोप लगाइएका व्यक्तिहरुमा कुनै किसिमको स्वास्थ समस्या नदेखिएको बताएको छ।

प्रकाशित: Jan 27, 2021| 12:42 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।