शनिबार, भदौ २०, २०८३

प्रदेश २ मा पहिलो दिन ७३३ जनाले लगाए कोरोनाको खोप

प्रदेश २ मा कोरोना खोप अभियानको पहिलो दिन बुधबार ७३३ जनाले खोप लगाएका छन्। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

जनकपुरधाम– प्रदेश २ मा कोरोना खोप अभियानको पहिलो दिन बुधबार ७३३ जनाले खोप लगाएका छन्। 

८ जिल्लाका ९ केन्द्र र १४ वुथबाट ७३३ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए। 

अभियानको पहिलो दिन आठ जिल्ला अस्पताल र सप्तरीमा रहेको प्रहरी अस्पतालमा कोरोना विरुद्धको खोप दिइएको छ। पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मीलाई खोप लगाइएको छ।  

अभियानको पहिलो दिन सबैभन्दा बढी सप्तरीमा १४६ जनाले खोप लगाएका छन् भने सबैभन्दा कम रौतहटमा २६ जनाले। 

सप्तरीमा गजेन्द्र नारायण सिंह अस्पतालमा ७६ जना र रुपणी प्रहरी अस्पतालमा ७० जनाले खोप लगाएका छन्। यस्तै सर्लाहीमा १२९ जना, पर्सामा ११३, सिरहामा ११०, धनुषामा १०२, बारामा ७० र  महोत्तरीमा ३७ जनाले खोप लगाएको झाले बताए।

पहिलो खोप भने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले लगाएका थिए।

प्रकाशित: Jan 27, 2021| 12:37 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।