शनिबार, भदौ २०, २०८३

‘ओलीमा सरकार हैन, गुट चलाउने योग्यता देखियो’

प्रबुद्ध नागरिक अभियान समिति विराटनगरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध बुधबार सडकमा पत्रकार सम्मेलन गरी विरोध जनाएको छ। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

विराटनगर– प्रबुद्ध नागरिक अभियान समिति विराटनगरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध बुधबार सडकमा पत्रकार सम्मेलन गरी विरोध जनाएको छ। 

प्रधानमन्त्री ओलीले संविधान भन्दा पनि आफूलाई माथि राख्ने काम गरेको प्रबुद्ध नागरिक अभियानको आरोप छ। अभियानका संयोजक प्राध्यापक कृष्णप्रसाद पोखरेलले प्रधानमन्त्री ओलीमा सरकार सञ्चालन गर्ने योग्यता नभएको बताए। उनले भने, ‘ओली गुट चलाउन मात्र योग्य देखिए।’ पार्टी र सरकार सञ्चालनमा उनी असफल सावित भएको पोखरेलको टिप्पणी छ। प्रधानमन्त्री ओलीको अहिलेको बोलीले उनको स्तर देखिएको प्राध्यापक पोखरेलले बताए। 

राजनीतिक विश्लेषकसमेत रहेका उनले प्रधानमन्त्री ओलीमा आफूसँग असहमत हुने वर्गलाई देखि नसहने प्रवृत्ति रहेको आरोप लगाए। पोखरेलले भने, ‘ओलीले तानासाही पद्धति अपनाए। विभाजित पार्टी निर्वाचनमा गए बहुमत पनि आउँदैन, दुई तिहाइ त परको कुरा हो।’ निर्वाचनको माहोल नभएकाले वैशाखमा निर्वाचन सम्भव नभएको उनको भनाइ छ। पोखरेलले भने, ‘नेकपाको ओली गुटबाहेक सबै सडकमा छन्, कसरी वैशाखमा चुनाव संभव छ ?’ 

प्रबुद्ध नागरिक अभियानका सदस्य तथा अर्थशास्त्री प्रा.डा. प्रमोदकुमार झाले मुलुक र संविधान भन्दा माथि प्रधानमन्त्री हुनै नसक्ने बताए। प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने उनले तर्क गरे। झाले भने, ‘कामचलाउ अवस्थामा रहेका प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ। कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तारबाटै प्रधानमन्त्री ओलीको नियत स्पष्ट भएको छ।’ संसद् पुनस्र्थापना भए मुलुकले गति लिने उनको तर्क छ।

नागरिक अभियानका सदस्य डा.मेदनी सेढाईले प्रधानमन्त्री ओलीले कुनै तत्वको प्रभावमा परेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए। उनले भने, ‘प्रधानमन्त्री ओलीलाई संसदीय पद्धति र व्यवस्थाको समस्या हो कि ?’ 

प्रधानमन्त्री ओलीको कदमविरुद्ध बौद्धिक नागरिक वर्गको अभियानलाई सशक्त रुपमा परिचालन गर्न ११० सदस्यीय प्रबुद्ध नागरिक अभियान समिति घोषणा गरिएको छ। 
 

प्रकाशित: Jan 27, 2021| 11:52 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।