शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अविश्वासको प्रस्ताव पारित हुन्छ, वैशाखको निर्वाचन नाटक हो : भीम आचार्य

अविश्वासको प्रस्ताव पारित हुन्छ, वैशाखको निर्वाचन नाटक हो : भीम आचार्य

नेकपा दाहाल–नेपाल समूहका प्रदेश १ इन्चार्ज भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पारित हुने बताएका छन्। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

विराटनगर– नेकपा दाहाल–नेपाल समूहका प्रदेश १ इन्चार्ज भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पारित हुने बताएका छन्। 

विपक्षी दलको सहयोगमा मुख्यमन्त्री राईविरुद्धको प्रस्ताव पारित हुने उनको दाबी छ। प्रदेश सरकार अल्पमतमा परिसकेको उनले बताए। संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रदेश सांसदहरुसँग छलफल भइरहेको आचार्यको भनाइ छ।

अविश्वास प्रस्ताव पारित भएपछि सरकार गठनबारे छलफल अघि बढ्ने उनले बताए। दाहाल–नेपाल समूहका प्रदेश १ संसदीय दलका नेतासत रहेका आचार्यले भने, ‘अहिले अविश्वास प्रस्ताव पारित गर्नेमा ध्यान केन्द्रित गरेका छौं। प्रस्ताव पारितपछि सरकार गठनबारे छलफल अघि बढ्छ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता भए राजीनामा दिन नेता आचार्यले सुझाव दिए। प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने उनको जिकिर छ। काम चलाउन सरकारले दीर्घकालिन निर्णय गर्न नसक्ने उनले बताए। उनले संसद् पुनस्र्थापना भएरै छाड्ने बताए। आचार्यले भने, ‘वैशाखको निर्वाचन नाटक हो।’      

माघ १६ गते विराटनगरमा आयोजना गरिएको विरोध कार्यक्रमबारे जानकारी दिन बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता आचार्यले विरोध कार्यक्रम भव्य हुने बताए। विरोध कार्यक्रममा ६० हजारभन्दा बढीको सहभागिता रहने उनले दाबी गरे। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्वोधन गर्ने कार्यक्रम भव्य हुने उनले बताए। 

प्रकाशित: Jan 27, 2021| 11:31 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।