शनिबार, असोज ३, २०८३

उद्यमशीलतामा जोड दिँदै बीबीए अध्यापन गराउँछौँ : श्यामसुन्दर चौधरी

सिल्करोडको भौतिक तथा शैक्षिक वातावरण, पठनशैली, फ्याकल्टी सबै उत्कृष्ट छ। अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा आर्जन गर्न विद्यार्थीले सिक्लरोडलाई गन्तव्य बनाउन सक्छन्।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

व्यवस्थापन संकायमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयको बीबीए डिग्री किन रोज्ने?

पूर्वाञ्चल विश्वविद्यालयको बीबीएको पाठ्यक्रम अन्य विश्वविद्यालयको भन्दा केही फरक छ। विद्यार्थीले यो विषय अध्ययनपश्चात उच्च शिक्षाका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयमा सहज रुपमा भर्ना पाउनुका साथै रोजगारीको अवसर पनि प्राप्त गर्छन्। 

यहाँको शूल्क मध्यम वर्गीय परिवारका विद्यार्थीले पनि तिर्न सक्ने खालको छ। यो व्यवस्थापन संकायको बजारमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कोर्स हो। अहिलेको पूर्वाञ्चल विश्वविद्यालयको सम्पूर्ण टिम नै यसको गुणस्तर अभिवृद्धिमा लागेको छ। पाठ्यक्रम समयानुकूल परिवर्तन भएको छ। कोभिड–१९ को महामारीमा पनि आन्तरिक परीक्षा सञ्चालन गर्न सकिएको छ। विद्यार्थीले जुनसुकै विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गर्न सक्छन्।

तर अन्य विश्वविद्यालयको तुलनामा पूर्वाञ्चलमा बीबीए पढ्नेको संख्या कम छ नी? 

हामीले हाम्रो गुणस्तरको बारेमा प्रचार गर्न सकेका छैनौँ। यसको पाठ्यक्रम, परीक्षा र नतिजा अत्यन्तै उत्कृष्ट छ। पूर्वाञ्चल बीबीए अध्यापन गर्ने पुरानो विश्वविद्यालयमध्ये पर्छ। अन्य विश्वविद्यालयमा हाम्रो जस्तै संख्या छ। त्रिभुवन विश्वविद्यालय भने धेरै विद्यार्थी हुनु स्वभाविक नै हो। 

व्यवस्थापनअन्तर्गत नयाँनयाँ संकाय थपिएसँगै बीबीए अध्ययन गर्ने विद्यार्थीको संख्यामा कमी आएको हो?

नयाँ संकायसँगै समग्र व्यवस्थापन संख्यामा विद्यार्थीको आकर्षण बढेको छ। व्यवस्थापन अन्तर्राष्ट्रिय रुपमा सर्वमान्य संकाय भएकाले विद्यार्थीको संख्या झन् बढेको छ। तर उस्तै खालका संकाय हुँदा कोही विद्यार्थी बीबीए तिर आउँछन्, कोही, बीएचएम, कोही बीबीएस पढ्छन्। यसले के देखाउँछ भने– विद्यार्थीको संख्या घटेको नभइ बाँडिएको चाहिँ हो। अहिले पूर्वाञ्चल विश्वविद्यालय पनि बीबीएमा पनि नयाँ विषय थप्ने प्रक्रियामा छ। 

बीबीए अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारीका प्रमुख क्षेत्र कुनकुन हुन्?

बीबीए अध्ययन गर्ने विद्यार्थीको लागि प्रमुख रोजगारीको क्षेत्र बैंक, वित्तीय संस्था, बिमा कम्पनी, उद्योगहरू नै हुन्। त्यसका साथै बीबीएका विद्यार्थीले जुनसुकै क्षेत्रमा गएर पनि काम गर्न सक्छन्। व्यवस्थापनतर्फका जनशक्ति सबै क्षेत्रमा आवश्यक हुन्छ।

पूर्वाञ्चल विश्वविद्यालयले बीबीएको पाठ्यक्रममा परिमार्जन गर्नुपर्ने विषय केके छन्?

पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रम अन्तर्राष्ट्रियस्तरको छ। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त कलेजले हाम्रो विशेषताको बारेमा खुलेर प्रचार गर्नुपर्छ। अहिले परिमार्जन नै गरिहाल्नुपर्ने विषय केही छैन।

पूर्वाञ्चल विश्वविद्यालयको बीबीएबारे सिल्करोडले बजारमा चिनाउन खोजेको विशेषता के हो ?

पहिलो कुरा बीबीएको शिक्षण पद्धति नै विशिष्ट खालको छ। अध्ययन अध्यापनको शैलीसँगै विषयवस्तु पनि अरु विषयको भन्दा फरक छ। यो रिसर्चबेस एजुकेशन हो। कोटा प्रणालिमा आधारित छ। रोजगारीका हिसाबले पनि व्यवस्थापन संकायअन्र्तगत बीबीएका विद्यार्थी पहिलो रोजाइमा पर्ने गरेका छन्। हाम्रो प्रमुख उद्देश्य विद्यार्थीले जागिर खानेभन्दा पनि रोजगारीको अवसर सृजना गराउने, उद्यमशील बनाउने हो।

हाम्रा उत्पादनले स्वदेश तथा विदेशमा उद्यम पनि गरिरहेका छन्। हामी उनीहरूलाई बजारमा देखिएका परिवर्तनसँगैका अवसरका बारेमा स्पष्ट गराउँछौँ।

सिल्करोडमा बीबीए अध्ययन गर्न आवश्यक योग्यता र विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था के छ?

सिल्करोडमा बीबीए अध्ययन गर्न विश्वविद्यालयको प्रवेश परीक्षा उत्तिर्ण हुनुपर्छ भन्ने छैन। हाम्रो छुट्टै प्रवेश परिक्षा सञ्चालन हुन्छ। त्यसमा उत्तिर्ण भएका विद्यार्थीले भर्ना हुन पाउँछन्। जेहेन्दार एवम् अब्बल विद्यार्थी, पिछडिएको क्षेत्र, जनजाति, दलित, अपाङ्गता भएका विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्तिको कोटा छुट्याइएको छ। 

बीबीए अध्ययन गर्न चाहने विद्यार्थीले सिल्करोडलाई किन रोज्ने?

सिल्करोड कलेजले सन् २०१० देखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।  हामीले १० वर्षमा अभिभावक एवम् विद्यार्थीको मन जित्न सफल भएका छौँ। अनुकूल वातावरणमा अध्यापन गराइरहेका छौँ। विद्यार्थीको करिअर गाइडेन्समा पनि हाम्रो विशेष जोड रहन्छ। 

सिल्करोडको भौतिक तथा शैक्षिक वातावरण, पठनशैली, फ्याकल्टी सबै उत्कृष्ट छ। अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा आर्जन गर्न विद्यार्थीले सिक्लरोडलाई गन्तव्य बनाउन सक्छन्।

प्रकाशित: Jan 27, 2021| 11:26 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।