शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिस्पर्धात्मक सेमिफाइनल : एपीएफ पीएम कपको फाइनलमा

प्रतिस्पर्धात्मक सेमिफाइनल : एपीएफ पीएम कपको फाइनलमा

सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ प्रधामन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं- सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ प्रधामन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

आरिफ शेखले तीन महत्पूर्ण विकेट गिराउँदा २०४ रनको लक्ष्य पाएको नेपाल पुलिस क्लबलाई पहिलो सेमिफाइनल खेलमा एपीएफले ३० रनले हराएको हो।

त्रिविको क्रिकेट मैदानमा आज (बुधबार) सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले पुरा ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएपछि पुलिसले २०४ रनको लक्ष्य पाएको थियो।

जवाफी ब्याटिङमा आएको पुलिसले पाँच बल बाँकी रहँदा पुरा विकेट गुमाएर  १७३ रन बनाएपछि एपीएफले जित आफ्नो पोल्टामा पारेको हो।

पहिले ब्याटिङमा आएको एपीएफका सुवास खकुरेल, शरद भेषवाकर र सुमित महर्जनको महत्वपूर्ण तीन विकेट गिराउँदा उसले सहज सुरुवात गर्न सकेन।

एपीएफका कप्तान शरद भेषवाकर १८ रन बनाए भने ओपनर सुवास खकुरेल १९ रनमा आउट भए।
१३.३ ओभरमा ४३ रन बनाएर चार विकेट गुमाउँदै खराब अवस्थामा रहेको एपीएफका सन्दीप जोरा र शंकर राना केहीबेर सम्हालिएर खेले।

जोराले ४३ बलमा ३४ बनाए भने रानाले ९६ बलमा ४४ रनको योगदान दिए।
बलिङतर्फ पुलिसका आरिफ शेखले एक मेडन राख्दै ३ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ३१ रन दिए।
४६.२ ओभरमा एङ्कल इन्जुरी भएर आरिफ शेख बाहिरिएपछि एपीएफको ब्याटिङ चम्किएको थियो। यसक्रमका कुशल भुर्तेलले दोस्रोपटक क्याच मिस गरे।

यसको फाइदा लिँदै भुवन कार्कीले ४२ रन बनाए भने कमल सिंह ऐरीले १९ रनको योगदान दिए। तर यी दुवै खेलाडी ललित सिंह राजवंशीको बलमा आउट भएपछि एपीएफ फेरि दबाबमा आयो।

पुलिसका लागि सागर ढकाल र राशिद खानले एक विकेट गिराए भने दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिए।

जवाफी ब्याटिङमा आएको पुलिसले खराब सुरुवात गर्दै पाँचौ ओभरमै १५ रन बनाएर तेस्रो विकेट गुमाउन पुग्यो।
४५ रनको साझेदारीपछि अनिल शाह पेवेलियन फर्किए भने अर्का ब्याट्स्मेन दीपेन्द्र सिंह ऐरीले ३३ रनको योगदान दिए।
त्यस्तै, ६१ बल खेलेका पवन सर्राफको ४० रनको सहयोगमा पुलिस लज्जास्पद हारबाट जोगियो। जसमा रसिद खानले ३४ रन जोडे।

चार ओभर बाँकी रहँदा मैदान पसेका घाइते खेलाडी आरिफ शेख १६ रन बनाएपछि लामो सट खेल्ने क्रममा आउट भए। उनी खेलकै क्रममा उपचारका लागि अस्पताल पुगेर मैदान फिरेका थिए। 

दोस्रो इनिङमा ब्याटिङ गरेको पुलिसलाई लक्ष्य पुरा गर्न नदिन भुवन कार्कीले तीन विकेट लिए भने कमल ऐरी र सरद भेषवाकरले समान २–२ विकेट लिए।

जितसँगै एपीएफ फाइनलमा पुगेको छ भने पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको छ। सेमिफाइनालिस्ट क्लब पुलिसले पचास हजार पुरस्कार पाउने छ।
फाइनल खेल माघ १७ गते शनिबार त्रिवि मैदानमा हुनेछ।

प्रकाशित: Jan 27, 2021| 10:56 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।