शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छापा मारेको भोलिपल्ट परीक्षा स्थगित गर्ने यातायात कार्यालयको निर्णय 

छापा मारेको भोलिपल्ट परीक्षा स्थगित गर्ने यातायात कार्यालयको निर्णय 

 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ७ घण्टे अप्रेशनपछि यातायात व्यवस्था कार्यालय जनकपुरधामले सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।  

अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले मंगलबार अपरान्ह ४ बजेदेखि राति करिब साढे १० बजेसम्म छापामारी गरेको थियो। 

यातायात व्यवस्था कार्यालय जनकपुरधामका निमित्त प्रमुख विरेन्द्र साहले बुधबार एक सूचना जारी गर्दै यस कार्यालयबाट हुने लिखित तथा प्रयोगात्मक परीक्षा कार्यव्यस्तताका कारण अनिश्चितकालका लागि स्थगित गरेको जानकारी दिएका छन्। 

सवारी चालक परिचयपत्रबापत उठाएको घूसको ठूलो रकम कार्यालयभित्रै रहेको गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले छापामारी गरेको थियो। सो अवधिमा अख्तियारको टोली कार्यालय प्रमुखसहित दुईजना करारका कर्मचारी, एकजना कार्यालय सहयोगी र दुईजना विचौलियालाई कार्यालयभित्रै थुनेर राखेको थियो। 

अख्तियारले करिब ७ घण्टाको अप्रेशन गरे पनि कार्यालय सहयोगी भोगेन्द्र कापरलाई २ लाख २३ हजार ८ सय रुपैयाँ र बिचौलिया राज किशोर भगतलाई ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएर फर्केका थिए।

प्रकाशित: Jan 27, 2021| 10:42 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।