शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युवक हत्याको विरोधमा बझाङ र धनगढीमा प्रदर्शन, चैनपुर बजार बन्द

युवक हत्याको विरोधमा बझाङ र धनगढीमा प्रदर्शन, चैनपुर बजार बन्द

बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

धनगढी– बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ। 

खुँडा प्रहार गरेर मंगलबार बेलुका सिंहको हत्या गरिएको थियो। घटनाको विरोध गर्दै नेपाल विद्यार्थी संघ र स्थानीयले जुलुससहित सदरमुकाम बन्द गराएका हुन्।

प्रदर्शनकारीले नेकपाका नेताकार्यकर्ताले सुनियोजित ढंगले सिंहको हत्या गरेको भन्दै कारबाहीको माग गरेका छन्।  प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर गरेको छ। 

यस्तै, सिंहको हत्यामा संलग्नलाई कारबाही माग गर्दै कैलाली सदरमुकाम धनगढीमा पनि प्रदर्शन गरिएको छ।  

नेपाल विद्यार्थी संघ र तरुण दल बझाङले घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन्।  

सिंहको हत्या आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले हत्या आरोपमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडी, सोही ठाउँका प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायतलाई पक्राउ गरिसकेको बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। 

सिंहको हत्यामा वडाध्यक्ष चढ्ने सरकारी मोटरसाइकल प्रयोग गरेको भेटिएपछि अनुसन्धानका लागि वडा अध्यक्षलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले बताए।

सम्बन्धित समाचार

सिंहका हत्यारामाथि कारबाही गर्न कांग्रेसको माग

युवकको हत्या आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ

 

प्रकाशित: Jan 27, 2021| 09:03 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।