काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। उक्त समूहले आजदेखि माइतीघरमा साताव्यापी धर्ना कार्यक्रम सुरु गरेको हो।
विरोध कार्यक्रमको तेस्रो चरणअन्तर्गत यस समूहको माघ २१ सम्म धर्ना कार्यक्रम छ।
धर्नामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेशसभा सदस्य सहभागी हुने बताइएको छ।
तेस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत बिहीबार बुटवलमा, शुक्रबार विराटनगरमा र शनिबार धनगढीमा प्रदर्शन र सभा गर्ने नेकपा दाहाल–नेपाल पक्षको तयारी छ।