आइतबार, भदौ २१, २०८३

बझाङमा खुँडाले हानेर एक युवाको हत्या, एक जना पक्राउ

बझाङमा खुँडा प्रहारबाट एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

धनगढी- बझाङमा खुँडा प्रहारबाट एक जनाको मृत्यु भएको छ।

खुँडा प्रहारबाट जिल्लाको छबिसपाथिभेरा गाउँपालिका ३ का अमृत सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। 

वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। 

खुँडा प्रहार गर्नेमध्येका सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। उनको साथबाट खुँडा बरामद गरिएको उनले बताए ।

खुँडा प्रहार गर्नेमध्येका अर्का एक जना फरार रहेको र उनको खोजीकार्य भइरहेको उनले बताए।

प्रकाशित: Jan 27, 2021| 02:53 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।