आइतबार, भदौ २१, २०८३

सुर्खेतका १५० वटा कुकुरको बन्ध्याकरण

सुर्खेतका १५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको छ। भुस्याहा कुकुरको संख्या घटाउने उद्देश्यले बन्धाकरण गरिएको हो।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

सुर्खेत- सुर्खेतका १५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको छ। भुस्याहा कुकुरको संख्या घटाउने उद्देश्यले बन्धाकरण गरिएको हो। 

भुस्याहा कुकुरका कारण राजमार्ग तथा अन्य सडकमा दुर्घटना बढ्ने, रेबिज रोग फैलिन सक्ने भन्दै बन्ध्याकरण शिविर चलाइएको छ। 

संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरेको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक मोहन गिरीले जनाए।

पशुपन्छी विकास निर्देशनालयमा भएको शिविरमा भुस्या तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ। शिविरमा आठ जना पशुचिकित्सक प्राविधिकको टोलीले खटिएका छन्।

बुधबारसम्म चल्ने पशुपन्छी शिविरमा रेविज रोगको खोपसमेत दिइने गरिएको छ।

प्रकाशित: Jan 26, 2021| 15:41 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।