सुर्खेत– जुम्लाको तीला गाउँपालिका वडा नम्बर ७ पोख्रीगोठी गाउँमा आगलागी भएको छ।
मंगलबार साँझ ७ बजे सुरु भएको आगलागीबाट २४ घर जलेका छन्।
जुम्लाका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार आगो अझैं नियन्त्रणमा आएको छैन।
आगो नियन्त्रणका लागि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको छ। आगलागी भएको स्थानसम्म गाडी जाँदैन। घटनास्थलमा पुग्न नसकेको कारण आगलागीको कारण र क्षति एकीन नभएको काफ्लेले बताए।
आगलागी भएको स्थान सदरमुकामबाट करिब तीन घण्टाको पैदल दूरीमा पर्छ।