आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वामदेव गौतमले भने– अध्यक्ष दिने समूहमा जान्छु भनेको छैन

वामदेव गौतमले भने– अध्यक्ष दिने समूहमा जान्छु भनेको छैन

नेकपाका उपाध्यक्ष एवम् पार्टी एकता अभियानका संयोजक वामदेव गौतमको सचिवालयले अध्यक्ष पद दिने समूहमा जाने भनेर सार्वजनिक गरिएको विषय पार्टी एकताको निःस्वार्थ उद्देश्यमाथि प्रहार भएको जनाएको छ। 
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– नेकपाका उपाध्यक्ष एवम् पार्टी एकता अभियानका संयोजक वामदेव गौतमको सचिवालयले अध्यक्ष पद दिने समूहमा जाने भनेर सार्वजनिक गरिएको विषय पार्टी एकताको निःस्वार्थ उद्देश्यमाथि प्रहार भएको जनाएको छ। 

गौतमको सचिवालयका विश्वमणि सुवेदीले जारी गरेको विज्ञप्तिमा गौतमका सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा प्रेषित समाचारमा ध्यानाकृष्ट भएको उल्लेख छ। 

‘विगत केही समयदेखि गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरु योजनावद्ध रुपमा हुँदै आएका छन्,’ सुवेदीले भनेका छन्,‘राससमा प्रकाशित उक्त समाचार त्यही क्रमको निरन्तरता हो।’
सोमबार केही पत्रकार गौतमलाई भेट्न भैंसेपाटीस्थित सचिवालयमा आएको र उनीहरु पत्रकारमात्र नभई पार्टी र संगठनमा समेत आवद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गरेको सचिवालयले जनाएको छ। 

‘पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो,’ विज्ञप्तिमा भनिएको छ,‘तर, जसरी समाचारमा आएजस्तो ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने कुरा उहाँबाट व्यक्त भएको छैन।’

राष्ट्रिय समाचार समितिलाई उधृत गर्दै विभिन्न सञ्चारमाध्यममा जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु भन्ने गौतमको भनाइको समाचार प्रकाशित भएका थिए।

प्रकाशित: Jan 26, 2021| 11:38 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।