आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसमा समायोजन नटुंगिदै महेश आचार्यको राजीनामा

कांग्रेसमा समायोजन नटुंगिदै महेश आचार्यको राजीनामा

नेपाली कांग्रेसका नेता महेश आचार्यले समायोजन समितिबाट राजीनामा दिएका छन्। 
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता महेश आचार्यले समायोजन समितिबाट राजीनामा दिएका छन्। 

समायोजनको टुंगो नलाग्दै आज मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिएका हुन्। 

समायोजनबारे समितिमा विवाद भएपछि आचार्यले राजीनामा दिएको बताइएको छ। 

कांग्रेसमा विभिन्न पार्टीबाट आएका नेता–कार्यकर्ताको समायोजनका लागि उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समिति गठन भएको थियो। 

समितिभित्र असन्तुष्टि बढेपछि आचार्यले राजीनामा दिएको समितिकै एक सदस्यले जानकारी दिए। उनी केही समययता समायाेजन समितिकाे बैठकमा समेत उपस्थित भएका थिएनन्।

प्रकाशित: Jan 26, 2021| 11:12 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।