आइतबार, भदौ २१, २०८३

कृषिमा वैदेशिक लगानीविरुद्ध थप आन्दोलन घोषणा

सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गरेसँगै त्यसको विरोध भइरहेको छ। विभिन्न किसान संघसंगठनहरुले त्यसको विरोध गरिरहेका छन्। 
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गरेसँगै त्यसको विरोध भइरहेको छ। विभिन्न किसान संघसंगठनहरुले त्यसको विरोध गरिरहेका छन्। 

यसैबीच राष्ट्रिय कृषक समूह महासंघले पनि कृषिमा विदेशी लगानी खुला गरिएको विरोधमा आन्दोलन घोषणा गरेको छ। महासंघले बुधबार दिउँसो शान्तिपूर्ण विरोध कार्यक्रम गरिने जानकारी दिएको छ।

महासंघका अध्यक्ष नवराज बस्नेतका अनुसार बुधबार दिउँसो २ घण्टा वैदेशिक लगानी खुला गरिएको सम्बन्धमा विरोध कार्यक्रम आयोजना गरिएको छ।

सरकारले विगतमा रोक्का गरेको कृषि क्षेत्रमा वैदेशिक लगानी राजपत्रमा सूचना प्रकाशित गर्दै खुला गरेको छ। तर, सर्वोच्च अदालतले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिइसकेको छ।
 

प्रकाशित: Jan 26, 2021| 10:37 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।