सोमबार, चैत २, २०८२

एनएनआईपीए स्पोर्टस् अवार्ड पोखरीमाथि हुने !

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले गर्ने १५ औं संकरणको स्पोर्टस् अवार्ड कार्यक्रम फागुन ५८ गते हुने भएको छ।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले गर्ने १५ औं संकरणको स्पोर्टस् अवार्ड कार्यक्रम फागुन ५८ गते हुने भएको छ।

National life

आयोजक एनएनआईपीएले आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी गराएको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका निवर्तमान अध्यक्ष दीपक श्रेष्ठले खेलकुद पत्रकार मञ्चको अवार्ड कार्यक्रम सफल भएको उदाहरण दिँदै आफूले पनि त्यसबाट प्रेरित भएर कार्यक्रम घोषणा गरेको बताए।

भक्तपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले आयोजक नगरपालिकाका रुपमा अबको संस्करणमा नयाँपन दिने बताए। भक्तपुर नगरपालिकाले सुरु गरेको गन्तव्य मध्यपुर ठिमी कार्यक्रमलाई यो अवार्ड आयोजनाले सहयोग गर्ने मेयर श्रेष्ठले बताए।

‘यो अवार्ड दुई पोखरीको बीचमा हुन्छ। पोखरीमा पानी हुन्छ, छेउबाट खेलाडीहरु आएर पुरस्कार लिन्छन्। यो एउटा उत्सव पनि हुनेछ। नेवारी धिमे बाजा र खानाले सबैलाई स्वागत गर्नेछौं,’ उनले भने।

Laxmi sunrise bank
kumari

अवार्डअन्तर्गत खेलाडी छनोट समितिमा ओलम्पियन दिपक विष्ट संयोजक छन्। यो वर्षबाट राइजिङ प्लेयर अफ दि इयर विधा थप गरिने आयोजकले बताएको छ। जसमा एक महिला र एक पुरुष खेलाडी सम्मानित हुनेछन्।

अवार्ड अन्तर्गत सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी, प्रतिभावान खेलाडी, पत्रकार र फोटोग्राफर सम्मान लगायत विधा समावेश छन्।

अवार्डमा सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् भने प्रतिभावान अवार्डबाट सम्मानित हुनेले ५० हजार पाउनेछन्।

कार्यक्रम मध्यपुर ठिमीमा हुने आयोजकले बताएको छ।
 

प्रकाशित: Jan 26, 2021| 07:22 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।