शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • युवराज ज्ञवाली भन्छन्- दोस्रो वा समान हैसियतको अध्यक्षबारे छलफल जारी छ

युवराज ज्ञवाली भन्छन्- दोस्रो वा समान हैसियतको अध्यक्षबारे छलफल जारी छ

नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता युवराज ज्ञवालीले माधव कुमार नेपालका लागि दोस्रो वा समान हैसियतको अध्यक्षका विषयमा छलफल भएको बताएका छन्।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता युवराज ज्ञवालीले पार्टीमा अध्यक्ष केपी शर्मा ओली बाहेक दोस्रो वा समान हैसियतको अध्यक्ष बनाउने विषयमा आफूहरूबीच छलफल भएको बताएका छन्।  सोमबार बुद्धनगरमा भएको नेपाल पक्षको बैठकमा सहभागी भएका ज्ञवालीले यस्तो जानकार दिएका हुन्। 

'दोस्रो वा समान हैसियतको अध्यक्षबारे छलफल जारी छ। यस विषयमा निर्णय भइसकेको छैन,' उनले भने। ज्ञवालीले आफूहरू सरकारमा सहभागी हुने विषयमा कुराकानी नभएको समेत बताए। 'सरकारमा जाने भनी बाहिर आएको विषय कुरा मात्रै हो। सहभागी हुने कुरा भएको छैन। जाने कुरा पनि भएन,' उनले भने।  

पछिल्लो समय ओली पक्ष माधव कुमार नेपाललाई दोस्रो अध्यक्षका रूपमा स्वीकार गर्न सकारात्मक देखिएको बताइएको छ। तर नेता नेपाल भने दोस्रो वा समान हैसियतको अध्यक्षका विषयमा सकारात्मक नभएको बताइएको छ। 

बैठकमा अध्यक्ष ओलीको बोली र व्यवहार फरक पर्ने गरेको विषयमा समेत छलफल भएको उनको भनाइ छ। केहीदिन अघि काठमाडौंमा ओलीले माधव कुमार नेपाललाई एमालेमा कुनै ठाउँ नभएको बताएका थिए। उक्त विषयमा छलफल भएको समेत उनको भनाइ छ। 

'ओलीका अभिव्यक्तिले एकता प्रक्रियामा असर गरेको विषयमा पनि छलफल भयो,' उनले भने। माधव पक्षले एकता प्रयास जारी रहेका बेला बैठक राखेर गरिएका निर्णय स्थगित गरिनुपर्ने समेत उल्लेख गरेको छ। 

यस्तै एकता प्रक्रियाको विकल्प अझै बाँकी रहेको विषयमा समेत छलफल भएको उनको भनाइ छ। 'एकता चाहेको हो एकता प्रक्रियालाई अगाडि लैजानुपर्छ। अझै विकल्प बाँकी छ। यी लगायतका विषयमा छलफल भए,' उनले भने। 


प्रकाशित: Aug 02, 2021| 19:03 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...