शनिबार, असोज ३, २०८३

आठ दिनमा १३ अर्ब निक्षेप घट्यो 

आठ दिनमा वाणिज्य बैंकहरूको १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– आठ दिनमा वाणिज्य बैंकहरूको १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। 

पुस मसान्तमा वाणिज्य बैंकहरूको निक्षेप ३७ खर्ब ८२ अर्ब रुपैयाँ थियो।  माघ ९ गतेसम्म घटेर ३७ खर्ब ६९ अर्ब रुपैयाँ छ। 

बचतकर्ताले आफूसँग भएको रकम लगानी गर्न थालेपछि निक्षेप घटेको बैंकरहरूको अनुमान छ। जानकारहरू भने बैंकले दिने ब्याजदर सहकारीको तुलनामा कम भएकोले निक्षेपकर्ताले सहकारीमा लगेर राख्न थालेको बताउँछन्।

अहिले बैंकहरूले बचतमा बढीमा ४ प्रतिशत ब्याज दिएका छन् तर सहकारीहरूले १४ प्रतिशतसम्म दिइरहेका छन्। 

माघ लागेपछि वाणिज्य बैंकहरूको कर्जा प्रवाहको रफ्तारमा पनि कमी आएको छ। पुसको अन्तिम सातासम्म वाणिज्य बैंकहरूले ३२ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। माघ ९ गतेसम्म वाणिज्य बैंकहरूले तीन अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन्।  

प्रकाशित: Jan 25, 2021| 11:29 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्