काठमाडौं– नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङलाई थप प्रभावकारी बनाउँदै विना चेकबुक मोबाईल बैकिङमार्फत शाखामा उपलब्ध क्युआर स्क्यान गरी पैसा झिक्न मिल्ने स्मार्ट टेलर सुरुवात गरेको छ।
हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ। तर बैंकले चाँडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।
डिजिटल बैकिङलाई प्राथमिकताका साथ आत्मसात् गर्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्र्याउन गरिमा विकास बैंक सधै तत्पर रहने यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए।