काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले सन्दीप कुमार अग्रवाललाई कर तथा राजस्व समितिको सभापतिको जिम्मेवारी दिएको छ। उनी महासंघको कार्यकारीणी सदस्यसमेत हुन्।
त्यस्तै सहसभापतिमा गोविन्द ढुंगेल, पूर्व कार्यकारीणी सदस्य कृष्णप्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ चुनिएका छन्।
समितिका सदस्यहरूमा राजेन्द्र संग्रौला र दीपकप्रसाद दाहाल छन्। आमन्त्रित सदस्यहरूमा भरतराज आचार्य, मनिषलाल प्रधान, विजय सिंह वैद्य, आनन्दकुमार वगाडिया, शाहिल अग्रवाल, प्रकाश सिंह कार्की, गोपाल केडिया, हरि भण्डारी, विनोद सेठिया, नरेन्द्र गुप्ता, अभिमन्यु पोद्दार, विकास अग्रवाल, शिखर पण्डित र प्रकाश तिवारी छन्।
त्यस्तै सुदर्शनराज पाण्डे, अब्दुल वाहिद मनसुरी, शान्तराज शर्मा, कुल प्रसाद न्यौपाने, ललितकुमार साह, कपिल क्षेत्री र राजेन्द्र शेरचन आमन्त्रित सदस्य छन्। विशेष आमन्त्रित सदस्यहरुमा शैलेन्द्र गुरागाई, रमेश श्रेष्ठ, आनन्दराज शर्मा वाग्ले, दिपक घिमिरे,अधिवक्ता रमेश कुमार कर्ण, सुनिल गोपाल श्रेष्ठ छन्।
कर समिति विस्तार गर्दै महासंघकमा अध्यक्ष शेखर गोल्छाले उद्यमी व्यवसायीहरुका समस्या तथा कठिनाइ पहिचान गरी निराकरणमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए।
अध्यक्ष गोल्छाले समितिको जिम्मेवारी निकै गहन भएकाले समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यकालको सफलतासंग समेत जोडिएकाले समितिले सोही अनुसार कार्य गर्नेमा आफू विश्वस्त रहेको बताए।