शनिबार, असार २७, २०८३

पीएम कप : प्रदेश २ जितविहीन, पुलिस सेमिफाइनलमा

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा पनि हार बेहोरेपछि प्रदेश २ प्रतियोगितामा जित निकाल्न नसक्ने एकमात्र टोली बनेको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा पनि हार बेहोरेपछि प्रदेश २ प्रतियोगितामा जित निकाल्न नसक्ने एकमात्र टोली बनेको छ।

मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले चार विकेटको जित निकालेर सेमिफाइनलमा पुग्दा प्रदेश २ ले सबै खेलमा पराजय बेहोर्दै प्रतियोगिता अन्त्य गरेको हो।

पुलिस क्लब भने चौथो तेस्रो जितका साथ प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले निर्धारित ४७ ओभर खेल्दै नौ विकेट गुमाएर १६९ रन बनाएको थियो।

जवाफी ब्याटिङमा पुलिसले ३८ ओभर खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। पुलिसलाई जित दिलाउने क्रममा कुशल भुर्तेलले ४३ रन बनाए भने अनिल साहले ४० रन जोडे। त्यस्तै, अमृत श्रेष्ठ र दिपेन्द्र सिंह ऐरीले १७–१७ रन बनाए।

प्रदेश २ ले पुलिसलाई १८ अतिरिक्त रन दिएको थियो। बलिङतर्फ प्रदेश २ का विवेक यादव र कुमार थापाले ३–३ विकेट गिराए।

त्यसअघि ब्याटिङमा आएको प्रदेश २ का हरिशंकर साहले ५३ रनको अर्र्धशतकीय इनिङ खेले। हिमान्सु दत्तले १६ रन बनाए भने रवी सिंह र विशाल सुस्लिङले १२–१२ जोडे।

बलिङतर्फ ललित राजवंशीले चार विकेट लिँदा सागर ढकालले २ विकेट गिराए। त्यस्तै, पवन सर्राफले एक विकेट चट्काए। मैदान ओसिलो भएका कारण ढिलो सुरु भएको खेल तीन ओभर छोट्याइएको थियो।

समूह बी बाट उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको पुलिस क्लबले अब पहिलो सेमिफाइनल खेल समूह एको विजेतासँग खेल्नेछ।

उता कीर्तिपुरस्थित मैदानमा भइरहेको खेलमा एपीएफ र आर्मी क्लब प्रतिस्पर्धा गरिरहेका छन्। आर्मी र एपीएफको विजेताले समूह ए को शीर्षस्थानमा रहँदै पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो सेमिफाइनल खेल कीर्तिपुरस्थित मैदानमा पसि बुधबार हुनेछ।
 

प्रकाशित: Jan 25, 2021| 10:09 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।