शनिबार, असोज ३, २०८३

१६ अंकले बढ्यो नेप्से, ८ अर्ब ९० करोडको कारोबार 

सोमबार सेयर बजार परिसूचक (नेप्से) १६.०४ अंकले बढेको छ। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) १६.०४ अंकले बढेको छ। 

२४४७ विन्दुबाट सुरु भएको कारोबार उतारचढाव हुँदै २४४०.८८ विन्दुमा पुगेर रोकिएको हो। 

आइतबार ५० अंकले उकालो लाग्दै २४२४.८४ विन्दुमा पुगेको थियो। 

आज २०८ कम्पनीको १ करोड ९२ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९० करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२४ अंकले घटेर ४५१.८२ विन्दुमा छ। 

सोमबार बैंकिङ समूहको सूचक २४.२२, सामूहिक लगानी ०.०५, निर्जिवन बिमा ७९.३४, अन्य ३१.६० र व्यापार समूहको सूचक ९०.७७ अंकले बढेको छ।

विकास बैंक समूहको सूचक २०.७७, फाइनान्स ६.७८, होटल २४.०७, जलविद्युत् ३.५६, जीवन बिमा ८८.५८, उत्पादन १७.९१ र माइक्रोफाइनान्स समूहको सूचक ४९.६० अंकले घटेको छ। 

आज नागरिक लगानी कोषका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने श्रीइन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन्। 
 

प्रकाशित: Jan 25, 2021| 09:47 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्