शनिबार, असोज ३, २०८३

प्रदेश–१ मा आइएमई भरोसा कोषको रकम वितरण 

कोरोना भाइरसबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश–१ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं–  कोरोना भाइरसबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश–१ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ।

आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा आयोजित एक कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। 

चेक हस्तान्तरण कार्यक्रममा लाभग्राही, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारी एवम् सदस्यलगायतको प्रदेश उपस्थिति थियो। 

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरोना भाइरसले ज्यान गुमाउन बाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयोग गर्नु कोषको मुख्य उद्देश्य भएको बताए। 

कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ। प्रदेश–१ अन्तर्गतको बिर्तामोड क्षेत्रबाट चार जनालाई अध्यक्ष ढकालले सहयोग रकम हस्तान्तरण गरेका हुन्। 

कोरोना भाइरसका कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसूस गरि आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोषको स्थापना गरेको हो। 
 

प्रकाशित: Jan 25, 2021| 07:36 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्