शनिबार, असार २७, २०८३

एफए कपमा लिभरपुलविरुद्ध युनाइटेडको जित

पछिल्लो खेलमा एनफिल्ड मैदानमा लिभरपुलविरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले आइतबार रातिको खेलमा भने सोही टिमविरुद्ध जित निकालेको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– पछिल्लो खेलमा एनफिल्ड मैदानमा लिभरपुलविरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले आइतबार रातिको खेलमा भने सोही टिमविरुद्ध जित निकालेको छ।

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत जनवरी १७ को खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। तर गएराति सम्पन्न एफए कपको खेलमा भने युनाइटेडले लिभरपुलविरुद्ध ३–२ गोलको जित निकाल्यो।

ओल्ड ट्राफोर्ड मैदानमा सम्पन्न खेलमा युनाइटेडको जितका लागि मेसन ग्रिनबुड, मार्कस रासफर्ड र ब्रुनो फर्नान्डेसले समान १–१ गोल गरे।

तर लिभरपुलका मोहम्मद सलाहले १८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए। एक गोले पछि परेको अवस्थामा युनाइटेडका ग्रिनबुडले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

यससँगै पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकियो।

तर दोस्रो हाफको ४८ औं मिनेटमा गोल गर्दै रासफर्डले घरेलु टिमलाई अग्रता दिलाए। तर, त्यसको १० मिनेटमै लिभरपुलका सालाहले खेललाई बराबरीमा ल्याए।
त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलमा फर्नान्डेसले ७८ औ मिनेटमा गोल गर्दै युनाइटेडलाई जित दिलाए।

चौथो चरणको जितसँगै पाँचौ चरणमा प्रवेश गरेको युनाइटेडले अब वेस्ट हामसँग फेब्रुअरी ११ मा घरेलु मैदानमा खेल्नेछ।

एफए कप अन्तर्गत नै गएराति सम्पन्न अर्को खेलमा चेल्सीले लुटोन टाउनलाई ३–१ गोलले हराएको छ। चेल्सीका लागि तीनै गोल टामी अब्राहमले गोल गरेका थिए।

उनले ११, १७ र ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
 

प्रकाशित: Jan 25, 2021| 02:21 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।