सोमबार, चैत २, २०८२

सावित्राको ४ गोलको सहयोगमा एपीएफको फराकिलो जित

सावित्राको ह्याट्रिकसहित ४ गोलको सहयोगमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले विराटगर महानगरपालिकामाथि ७-० गोलको जित निकालेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं- सावित्राको ह्याट्रिकसहित ४ गोलको सहयोगमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले विराटगर महानगरपालिकामाथि ७-० गोलको जित निकालेको छ।

National life

राष्ट्रिय महिला लिगअन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा एपीएफले सानदार जित निकाल्ने क्रममा सावित्राले दोस्रो ह्याट्रिक गरेकी हुन्।

उनले यसअघिको खेलमा चन्द्रपुर नगरविरुद्ध ह्याट्रिक गरेकी थिइन्। आजको खेलसँगै उनले दुई खेलमा ७ गोल गरेकी छन्।

पहिलो हाफको २५ र ४२ औँ मिनेटमा दुई गोल गरेकी सावित्राले दोस्रो हाफको ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन्।

त्यस्तै, उनले निर्धारित समयको एक मिनेटअघि व्यक्तिगत चौथो गोल गरिन्। सावित्राबाहेक अनिता केसीले दुई गोल गरिन् भने सरु लिम्बूले एक गोल गरिन्।

Laxmi sunrise bank
kumari

आजको जितसँगै दोस्रो जित निकालेको एपीएफले लिगमा ६ अंक बनाएको छ। सावित्राको उत्कृष्ट प्रदर्शनको बाबजुद प्लेयर अफ दि म्याच भने अनिता केसी बनिन्।

एपीएफ र आर्मीविरुद्ध हिजो (शनिबार) तय भएको खेल स्थगित भएपछि आज भएको थियो।

खेलमा जितपछि एपीएफका प्रशिक्षक जनक सिंहले भने, ‘हामी दोस्रो हाफमा पनि धेरै गोल गर्ने थियौँ तर पनि राम्रो खेल्यौं। हाम्रो ठूलो चुनौती भने बाँकी नै छ।’

अब भोलिको खेलमा सशस्त्र प्रहरीले विभागीय डर्बी आर्मीसँग सातदोबाटोको एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्दैछ।

यता पराजित टिम विराटनगरका प्रशिक्षक पारस चौधरीले एपीएफ स्टारहरुको सफल टिम भएकाले आफ्नो रणनीति रक्षा गर्ने रहेको बताए। तर रणनीतिमा कामयाब रहन नसकेको बताएका छन्।

प्रकाशित: Jan 24, 2021| 13:25 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।