शनिबार, असोज ३, २०८३

५० अंकले बढ्दै २४२४.८४ विन्दुमा पुग्यो नेप्से 

आइतबार सेयर बजार परिसूचक (नेप्से) ५०.२० अंकले बढेको छ। बढेको बजार २४२४.८४ विन्दुमा पुगेर रोकिएको हो। 
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) ५०.२० अंकले बढेको छ। बढेको बजार २४२४.८४ विन्दुमा पुगेर रोकिएको हो। 

आज सेन्सेटिभ इन्डेक्स ६.४७ अंकले बढेर ४५२.०७ अंकमा पुगेको छ। 

आइतबार २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार बढीको कारोबार भएको छ। 

आज व्यापार समूह बाहेक सबै समूहको सूचक उकालो लागेका छ। व्यापार भने ७३.३५ अंकले घटेको छ। 

आइतबार बैंकिङ समूहको सूचक २१.३६, विकास बैंक २०.८१, फाइनान्स १४.१५, होटल २४.५१, जलविद्युत् ५१.१३, जीवन बिमा १६५.६८ अंकले बढेको छ। 

त्यस्तै, उत्पादन ५१.५६, माइक्रोफाइनान्स १०२.५३, सामूहिक लगानी ०.०५, निर्जिवन बिमा २२१.६१ र अन्य समूहको सूचक १०४.७५ अंकले उकालो लागेको छ। 

आज मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। त्यस्तै नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।    
 

प्रकाशित: Jan 24, 2021| 09:32 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्