शनिबार, असोज ३, २०८३

हेल्थ एट होम र टर्किस एयरलाइन्सबीच सहकार्य 

हेल्थ एट होम र टर्किस एयरलाइन्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं– हेल्थ एट होम र टर्किस एयरलाइन्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ। 

सम्झौतामा हेल्थ एट होमका संस्थापक डा. विकास ढकाल र टर्किस एयरलाइन्सका जनरल म्यानेजर अब्दुल्हा टुन्किर केसीआईले हस्ताक्षर गरेका छन्। 

‘ग्राहक सेवामा उत्कृष्टता’ नारा दिएर सुरु गरिएको सहकार्यले दुवै कम्पनीको ब्राण्डिङ र व्यावसाय प्रवद्र्धन हुने विश्वास गरिएको छ। 

सम्झौताअनुसार टर्किस एयरलाइन्सका बिजनेश क्लासका यात्रुलाई हेल्थ एट होमले घरमै पुगेर निःशुल्क पीसीआर परीक्षण गर्ने छ।

इकोनोमी क्लासका यात्रुलाई पनि विशेष छुटसहित घरमै पीसीआर परीक्षण हुने जनाइएको छ। 

सन् १९९३ मा स्थापना भएको टर्किस एयरलाइन्सले ३५१ विमानमार्फत् १२६ देशका ३२० गन्तव्यमा उडान भर्दै आएको छ। 
 

प्रकाशित: Jan 22, 2021| 09:09 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्