शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक लाख ३९ हजार ६०२ जनालाई पर्‍यो चन्द्रागिरिको आईपीओ 

एक लाख ३९ हजार ६०२ जनालाई पर्‍यो चन्द्रागिरिको आईपीओ 

चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओमा आवेदन दिएकामध्ये एक लाख ३९ हजार ६०२ जनालाई परेको छ। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओमा आवेदन दिएकामध्ये एक लाख ३९ हजार ६०२ जनालाई परेको छ। 

उनीहरूलाई १० कित्ताका दरले सेयर बाँडफाँड गरेको कम्पनीको सेयर बिक्री तथा निष्कासनको जिम्मा पाएको ग्लोबल आईएमई क्यापिटलले जनाएको हो।

आवेदन दिएका मध्ये १० लाख ७१ हजार ५१३ जनाको हात खाली भएको छ। 

करिब १२ लाख ५१ हजारको आवेदन परेकामध्ये १२ लाख ११ हजार ११५ जनाको आवेदन स्वीकृत भएको थियो। 

चन्द्रागिरिले जारी गरेको १५ लाख ३४ हजार ९१ कित्ता सेयरमध्ये ६१ हजार ३६४ कित्ता अर्थात् ४ प्रतिशत आफ्ना कर्मचारीलाई दिएको छ। 

७६ हजार ७०५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषलाई दिने भएको छ।
 

प्रकाशित: Jan 22, 2021| 08:44 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्