शनिबार, असोज ३, २०८३

थप सुविधासहित आइएमई पेको नयाँ एप 

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं– आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ। 

यो सुविधासँगै प्रयोगकर्ताले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

कम्पनीमा आवद्व कर्मचारी र विषयविज्ञहरूले वालेटको डिजाइनलाई कसरी आकर्षक र प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन सकिन्छ भन्ने विषयमा लामो समयदेखि निरन्तर कार्य गर्दै आइरहेको नतिजा स्वरूप आइएमई पे यो अवस्थामा आइपुग्न सकेको कम्पनीकाे भनाइ छ।

अध्यावधिक एप इन्टरफेस हुनुका साथै थप सेवाग्राहीमैत्री बनाइएको छ। 
 

प्रकाशित: Jan 22, 2021| 07:06 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्