शुक्रबार, भदौ ५, २०८३

एमालेले गठन गर्‍यो ९ विभाग, ओली आफैँ स्कुल विभाग प्रमुख

बैठकले संगठन, स्कुलसहितका ९ वटा विभाग बनाएको हो। स्कुल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली आफैँ बसेका छन्।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको केपी शर्मा ओली पक्षले ९ वटा विभाग बनाएको छ। सोमबार बसेको पार्टीको स्थायी कमिटी बैठकले यी विभाग बनाएको  प्रवक्ता प्रदीप ज्ञवालीले  जानकारी दिए। 

बैठकले संगठन, स्कुलसहितका ९ वटा विभाग बनाएको हो। स्कुल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली आफैँ बसेका छन्। 

प्रवक्ता ज्ञवालीका अनुसार विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग बनाइएको छ। 

यस्तै, सुवास नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग, विष्णु रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रवर्धन विभाग, पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभाग, राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग बनाइएको छ। 

यस्तै देवेन्द्र दाहालको नेतृत्वमा १४ सदस्यीय स्थानीय तह विभाग बनाइएको छ।



प्रकाशित: Aug 02, 2021| 18:43 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...