शनिबार, असार २७, २०८३

सुवारेज चम्किँदा एट्लेटिको मड्रिडको जित

स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा जित निकाल्दै एट्लेटिको मड्रिडले शीर्षस्थानमा बलियो पकड बनाएको छ।
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा जित निकाल्दै एट्लेटिको मड्रिडले शीर्षस्थानमा बलियो पकड बनाएको छ।

एट्लेटिकोले आईबरलाई उसकै मैदानमा २–१ गोलले हराएर शीर्षस्थानमा बलियो पकड बनाएको हो।

एट्लेटिकोको जितका लागि लुईस सुवारेजले दुई गोल गरे। एक गोलले पछि परेको अवस्थामा उनले ४० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। यससँगै पहिलो हाफ १–१ गोलको अवस्थामा रोकियो।

दोस्रो हाफको ८९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै सुवारेजले व्यक्तिगत दोस्रो गोल गरे। यससँगै एट्लेटिकोले २–१ गोलअन्तरको जित हात पार्‍याे।

जितसगै शीर्षस्थानमा रहेको एट्लेटिको दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा सात अंकले अघि छ। 

१७ खेलमा सहभागी एट्लेटिकोको ४४ अंक छ भने एक खेल धेरै खेलेको रियल र बार्सिलोनाका क्रमशः ३७ र ३४ अंक छ।

शीर्षस्थानको एट्लेटिकोले पछिल्लो समय २०१३–१४ को सिजनमा ला–लिगा जितेको थियो। 

त्यसपछि रियल र बार्सिलोनाको दबदबा रहेको लिगमा एट्लेटिको फेरि उपाधि दावेदार सावित भएको छ।
 

प्रकाशित: Jan 22, 2021| 02:06 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।