मंगलबार, चैत १०, २०८२

बीबीए : व्यवस्थापक जन्माउने शिक्षा 

ब्याचलर्स इन बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) व्यवस्थापकीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रभावकारी कोर्स हो। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

ब्याचलर्स इन बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) व्यवस्थापकीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रभावकारी कोर्स हो। 

National life

विश्व भूमण्डलीकरणले संसारलाई सानो गाउँका रुपमा परिणत गरिदिएको छ। सूचना, सञ्चार र प्रविधिको विकाससँगै रोजगारीका नयाँनयाँ अवसर सिर्जना भइरहेका छन्। 

उद्योग, कलकारखाना होस् वा वित्तीय क्षेत्र हरेकमा व्यवस्थापनको लागि दक्ष जनशक्ति चाहिन्छ नै। जानकारहरूका अनुसार हरेक क्षेत्रका लागि कुशल व्यवस्थापक उत्पादन गर्ने एउटै कोर्स हो– ब्याचलर इन बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए)। 

सिल्करोड इन्टरनेसनल कलेजका प्राचार्य श्यामसुन्दर चौधरी व्यवस्थापनमन क्षेत्रमा काम गर्न चाहना राख्नेका लागि बीबीए निर्विकल्प विषय भएको बताउँछन्। 

‘व्यवस्थापनका विभिन्न कोर्समध्ये बीबीए सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान प्रदान गर्ने र व्यवस्थापकीय सीप सिकाउने विषय हो,’ उनी भन्छन्, ‘प्रविधिमैत्री वातावरणमा रहेर यो विषय अध्ययन गर्ने विद्यार्र्थीले व्यावहारिक क्षमता र सीप सिक्न पाउँछन्।’ बीबीए सकेलगत्तै बैंक, कर्पोरेट अर्गनाइजेसन, बिमा कम्पनी, वित्तीय संस्थालगायतका क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनुका साथै आफैं पनि कुनै व्यवसाय सञ्चालन गर्न सक्ने गरी स्वावलम्बी बन्न सक्ने चौधरीको भनाइ छ।

Laxmi sunrise bank
kumari

बैंक, वित्तीय संस्था, बिमा कम्पनी तथा कर्पोरेट संस्थाको संख्यामा आएको वृद्धिसँगै यस्ता जनशक्तिको माग पनि उसै गरी बढेको छ। पढाइ पूरा हुनासाथ औद्योगिक–व्यावसायिक प्रतिष्ठान तथा सरकारी सेवामा समेत राम्रो अवसर पाउने हुँदा विद्यार्थीको आकर्र्षण बढेको जानकारहरू बताउँछन्। 

थापाथलीस्थित एभरेस्ट कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुहरि पाण्डे व्यवस्थापनको महत्त्व बुझेर अभिभावक पनि सन्तानलाई बीबीए पढ्न सल्लाह दिन थालेको बताउँछन्। उनी भन्छन्, ‘बीबीए अध्ययनपछि सहज रुपमा रोजगारीको अवसर सिर्जना हुने हुँदा अभिभावक र विद्यार्र्थीको आकर्षणको केन्द्रमा बीबीए छ।’ बीबीएको अध्ययन गरेका विद्यार्र्थीमा सही समयमा सही निर्णय लिने सक्ने क्षमता हुने पाण्डेको भनाइ छ।

प्रशस्त रोजाइ

नेपालमा स्वदेशी विश्वविद्यालयका मात्र नभई विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी क्याम्पस पनि सञ्चालनमा छन्। बीबीए अध्ययनका क्रममै ‘क्रेडिट ट्रान्सफर’ अर्थात् स्वदेशमा पढ्दापढ्दै त्यही लेभलबाट विदेशमा अध्ययन पनि गर्न सकिन्छ। 

अहिले स्वदेशी र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १२५ भन्दा बढी बीबीए अध्ययन संस्थान छन्। नेपालमा काठमाडौं विश्वविद्यालयले पहिलोपटक सन् १९९७ मा बीबीए कार्यक्रम सञ्चालनमा ल्याएको थियो। 

त्रिभुवन विश्वविद्यालयले भने सन् २००२ देखि बीबीएको पढाइ सुरु गरेको हो। अहिले त्रिविसँगै पूर्वाञ्चल, पोखरा, काठमाडौं र विदेशी विश्वविद्यालयको सम्बन्धनमा विभिन्न कलेजले यो विषय अध्यापन गराउँदै आएका छन्। 

सामान्यतया बीबीए अध्ययन पूरा गर्नका लागि तीन लाख ५० हजारदेखि आठ लाख रुपैयाँसम्म लाग्छ। तुलनात्मक रुपमा नेपाली विश्वविद्यालयका सम्बन्धनमा सञ्चालित क्याम्पसभन्दा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित क्याम्पसको शुल्क महँगो छ।

विद्यार्थीको रोजाइमा परे पनि बीबीए अध्यापन गराउने संस्था राजधानी काठमाडौंमा मात्र केन्द्रित हुँदा भने बाहिरका विद्यार्थीलाई समस्या छ। नेपालका विश्वविद्यालयका मात्रै राजधानीमा ५५ भन्दा बढी क्याम्पसले सम्बन्धन पाएका छन्। विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस पनि लगभग सबै राजधानीमै छन्। 

व्यावहारिक शिक्षा 

व्यवस्थापन संकायबाट मात्र नभई विज्ञान र मानविकी संकायबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्र्थी पनि बीबीएमा भर्ना हुन पाउँछन्। बीबीए चार वर्षको कोर्स भएकाले यसको मान्यता संसारभर समान  छ। 

एभरेस्टका सीईओ पाण्डे चारवर्षे कोर्सलाई आठ सेमेस्टरमा बाँडिएको बीबीएमा तोकिएकै समयमा परीक्षा र परीक्षाफल प्रकाशन हुने गरेको बताउँछन्। 

परीक्षामा ४० प्रतिशत अंक प्रयोगात्मक क्रियाकलापका आधारमा निर्धारण गरिन्छ। पाण्डे भन्छन्, ‘बीबीए अध्ययनमा विद्यार्थीलाई हरेक वर्ष प्रोजेक्ट वर्क र सेमिनारमा सहभागी गराइने भएकाले अनुभवी विद्यार्र्थीको उत्पादन हुन्छ।’ 

बीबीएमा ४० भन्दा बढी विषय भएकाले विद्यार्थीले रोजेर फराकिलो ज्ञान हासिल गर्न सक्छन्। यसले विद्यार्थीको व्यक्तिगत विकासदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्ने ज्ञान दिने जानकारहरूको भनाइ छ। 

सिल्करोड कलेजका प्राचार्य चौधरीले निश्चित कोटा भएकाले दक्ष जनशक्ति उत्पादन हुने बताउँछन्। उनी भन्छन्, ‘यसले गर्दा पनि बीबीए अध्ययन गरेका विद्यार्र्थीको माग बढ्दै गएको छ।’ 
 

प्रकाशित: Jan 21, 2021| 11:43 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्