शनिबार, असोज ३, २०८३

थप सुविधासहित आइएमई पेको नयाँ एप 

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौ– आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ। 

अपडेटेड भर्सन प्रयोगकर्ताका लागि अझ सहज र सुविधायुक्त हुने विश्वास गरिएको छ। 

अध्यावधिक एप इन्टरफेस हुनुका साथै थप सेवाग्राहीमैत्री बनाइएको छ। 

एपलाई प्रयोगकर्तामैत्री बनाउन यूआईसहित थप सेवा सुविधालाई परिभाषित गरिएको छ। 

चुस्त कार्यप्रणाली, सेवाक्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य उद्देश्यलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले यो एपको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताको रोजाईमा पर्ने विश्वास कम्पनीले लिएको छ । 

नयाँ भर्सनमा सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारेको छ। 

आइएमई पे वालेटमा कम्तिमा एक हजार रुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुने छ। 

आइएमई पेमा आवद्ध ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘आइएमई पे’ एप प्रयोग गरि कारोबार गर्दा प्रति कारोबार एक रुपैयाँबाट सेवाशूल्क शुरू हुने छ।

आइएमईका देशभर रहेको एजेण्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निःशुल्क हुने छ। 

आइएमई पेले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको छ।
 

प्रकाशित: Jan 21, 2021| 10:55 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्