शनिबार, असोज ३, २०८३

३८.८७ अंकले बढ्दै २३७४ विन्दुमा पुग्यो नेप्से 

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ३१.८७ अंकले बढेको छ।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ३१.८७ अंकले बढेको छ।

बढेको बजार २३७४.६४ विन्दुमा पुगेर रोकिएको हो। 

बिहीबार २०९ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 
सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ४४५.६० विन्दुमा पुगेको छ।  

आज बैंकिङ समूहको सूचक ३.८३ र म्युचुअल फण्डको सूचक ०.०५ अंकले घटेको छ भने बाँकी समूहको सूचक उकालो चढेको छ। 

विकास बैंक समूहको सूचक ३१.३८, फाइनान्स ३१.९८, होटल १२.४९, जलविद्युत् ६८.२९, जीवन बिमा समूहको सूचक ४४३.४३ अंकले बढेको छ। 

त्यस्तै उत्पादन २६.१३, माइक्रोफाइनान्स १५४.१६, निर्जिवन बिमा ५४२.६३, अन्य १७.४८ र व्यापार समूहको सूचक २.४७ अंकले बढेको छ।  
 

प्रकाशित: Jan 21, 2021| 09:52 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्