शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ५८ प्रकारका उद्योगले विद्युत् डिमान्ड शुल्क छुट पाउने

५८ प्रकारका उद्योगले विद्युत् डिमान्ड शुल्क छुट पाउने

उत्पादनमूलक उद्योगहरुले कोभिड–१९ का कारण भएको लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्क छुट पाउने भएका छन्।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– उत्पादनमूलक उद्योगहरुले कोभिड–१९ का कारण भएको लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्क छुट पाउने भएका छन्। औद्योगिक व्यवसाय नियमावली २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर विद्युत् डिमान्ड शुल्कमा छुट दिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

चालू आर्थिक वर्षको बजेटमा पनि सरकारले कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभर विद्युत् डिमान्ड शुल्क छुट दिने जनाएको छ। त्यस्तै माग कम हुने समयको विद्युत् खपतमा पनि ५० प्रतिशतको छुट दिने बजेटमा नै उल्लेख गरिएको छ। 

गत आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले पनि  सोमबारदेखि विद्युत् डिमान्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही आधारमा नेपाल विद्युत् प्राधिकरणले छुट दिने जनाएको छ। प्राधिकरणले डिमान्ड शुल्क छुटका लागि उत्पादनमूलक उद्योगहरु किटान समेत गरेको छ। 

प्राधिकरणले सार्वजनिक गरेका उत्पादनमूलक उद्योगबाहेक कोरोना महामारीका बेला छुटेका उद्योगले निवेदन दिएर आएमा डिमान्ड शुल्क छुट दिइने प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले डिमान्ड शुल्क छुट दिने उद्योगहरुमा सिमेन्ट, प्लाष्टिकका सामान उत्पादन गर्ने, इँटा टायल उत्पादन गर्ने, आइरन रड उत्पादन गर्ने, ब्याट्री ड्राइ वा वेटसेल उत्पादन गर्ने, रासायनिक मल उत्पपादन गर्ने लगायत छन्।

त्यसैगरी अर्गानिक मल उत्पादन गर्ने, लुव्रिकेन्ट्स, चिनी, खाँडसरी (सख्खर), राइस मिल, मैदा, तेल, दाल, फ्रुटजुस, हलुका पेय पदार्थ, पशुपक्षीका दाना, एलोपेथिक औषधी, आयुर्वेधिक, पशुपंक्षी औषधी उत्पादक उद्योग छन्। 

त्यस्तै एसिड अल्काली र अन्य केमिकल, मदिरा, वियर, वाइन साइडर, स्प्रिट, अल्कोहोलिक पेयपदार्थ, चुरोट, विँडी, सलाई, मैनबत्ती, अगरबत्ती, प्रिफेव्रिकेसनका सामान, ग्रिल, फलामका सामान, जस्तापाता, अन्य खाद्य प्रशोधन, चाउचाउ, चिया चिजबल्स आदि गुड्खा पानमसला, सुर्तिजन्य इलेक्ट्रोनिक सामान, विजुलीको तार (केवुल), तारजाली, सावुन स्याम्पु, बासिङ पाउडर, छाला प्रसोधन, ढुंगा क्रसर सन्चालन, बालुवा प्रसोधन, रङरोगन, फोम, धागो कपडा रङगाई छपाई गर्ने, धुलाई गर्ने ड्राइ गर्ने, प्रिन्टिङ प्रेस र कागज पल्प पेपर उत्पादन गर्ने उद्योगहरु रहेका छन्। 

प्राधिकरणका अनुसार स्टेसनरीका सामान, चुनढुंगा प्रशोधन, चुन, पानी प्रशोधन, टायर ट्युव रवर प्रसोधन, विटुमिन तथा विटुमिन इमल्सन, हाड सिङ खुरको रासायनिक प्रशोधन, काठ मिल फर्निचर उत्पादन, प्लाइउड र अन्य उत्पादनमूलक उद्योगलाई पनि विद्युत डिमान्ड शुल्क छुट दिइने छ। 

प्रकाशित: Jan 21, 2021| 08:00 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्