काठमाडौं– सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ। बुधबार ९२ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज ९३ हजार १०० कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ६०० रुपैयाँले बढेको छ।
तेजाबी सुन बुधबार ९२ हजारमा कारोबार भएको थियो। बिहीबार ९२ हजार ६०० मा कारोबार भइरहेको छ।
चाँदी तोलामा १५ रुपैयाँ बढेर एक हजार २७५ रुपैयाँ पुगेकाे छ।