शनिबार, असोज ३, २०८३

इन्जिनियरहरुलाई मेगा बैंकको विशेष सुविधा

 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ। 

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे।

समझदारीअनुसार इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन्। खाता खोल्दा १० लाख रुपैंयासम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ। 

यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिना धितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ। 
 

प्रकाशित: Jan 21, 2021| 06:15 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्