मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

वैदेशिक व्यापार : ६ महिनामा ६ खर्ब घाटा

चालू आर्थिक वर्ष ०७७–७८ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब रुपैयाँ नाघेको छ। 
 |  बिहीबार, माघ ८, २०७७
nespernesper

प्रेम चन्द

प्रेम चन्द

बिहीबार, माघ ८, २०७७

काठमाडौं– चालू आर्थिक वर्ष ०७७–७८ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब रुपैयाँ नाघेको छ। 

triton college

भन्सार विभागका अनुसार चालू आवको साउनदेखि पुससम्म वैदेशिक व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाख ८० हजार रुपैयाँ बराबरको पुगेको हो। 

सो अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख ९४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यस्तै  ६० अर्ब ७९ करोड ९२ लाख १४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ।

उक्त व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको  विभागले जानकारी दिएको छ। 

गत आवको सोही अवधिमा वैदेशिक व्यापार घाटा ६ खर्ब ३७ अर्ब ४१ करोड ३९ लाख ७४ हजार रुपैयाँ बराबरको थियो। 

Metro Mart
vianet

सोको तुलनामा चालू आवमा नेपालको वैदेशिक व्यापार घाटा ५.८ प्रतिशतले घटेको हो। यस वर्ष नेपालको निर्यात व्यापारमा सामान्य सुधार भएकाले वैदेशिक व्यापार घाटामा कमी आएको देखिन्छ। 

भन्सार विभागका महानिर्देशक सुमन दाहालले सरकारको नीति नै आयात कम गर्ने र निर्यात बढाउने रहेकाले यस वर्ष आयात घटेको र निर्यात बढेको बताए। 

नेपालका तर्फबाट जडीबुटीजन्य वस्तु निर्यात हुने भएकाले निर्यातमा कुनै अवरोध नभएको र आयातका सन्दर्भमा कोरोनाको असर देखिएको दाहालले बताए। 

‘आयातको सन्दर्भमा कोरोनाको असर देखिन्छ,’ दाहालले भने, ‘कोरोनाका कारण लकडाउन हुँदा नेपालमा निर्माण सामग्रीको प्रयोग हुन पाएन र आयात घट्यो।’

नेपालबाट निर्यात हुने वस्तुमा चिया, कफी, अदुवा, अलैंची लगायतका जडीबुटीजन्य वस्तु निर्यात भएकाले विदेशमा कोरोनाको समयमा नै ती वस्तुहरूको उपभोग बढ्दा नेपालको निर्यातमा सुधार आएको महानिर्देशक दाहालले बताए।

चालू आवको पहिलो ६ महिनामा ६० अर्ब ७९ करोड ९२ लाख १४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ। सो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१४ प्रतिशतले बढेको विभागको तथ्यांक छ।

गत आवको सोही अवधिमा नेपालबाट ५७ अर्ब २७ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो। 

त्यस्तै गत आवकाे पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा आयातमा ४.८१ प्रतिशतले कमी आएको छ। 

गत आवको सो अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड ३७ लाख २२ हजार रुपैयाँ बराबरको आयात भएको थियो। वैदेशिक व्यापारमा आयातनिर्यातको अनुपात हेर्दा करिब ९१ रुपैयाँको आयात र ९ रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ।

व्यापारमा बर्सेनि सुधार

पछिल्लो तीन वर्षको वैदेशिक व्यापारको तथ्यांकअनुसार  वैदेशिक व्यापारमा सुधार हुँदै गइरहेको छ। गत आवको पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा वैदेशिक व्यापार घाटामा ५.८ प्रतिशतले कमी आएको छ।

चालू आवको सो अवधिको उक्त व्यापार घाटा अघिल्लो आव ०७५–७६ को सोही अवधिको तुलनामा ११.५ प्रतिशतले कमी हो। 

सो आवको ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब ७८ अर्ब ५२ करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको रहेको थियो।

 विभागका अनुसार नेपालको व्यापार मुख्य रुपमा (आयातनिर्यात) भारत, चीन, अमेरिका सँग हुने गरेको छ। ती देशलगायतका १४३ भन्दा बढी देशसँग नेपालको वैदेशिक व्यापार हुने गरेको भन्सार विभागले जनाएको छ। 

नेपालमा मुख्य रुपमा पेट्रोलियम पदार्थ, गाडी तथा गाडीका पार्टपुर्जा, निर्माण सामग्रीलगायतका वस्तु आयात हुने गरेकोमा नेपालबाट भटमासको तेल, तयारी पोसाक, अलैंची, अदुवालगायतका वस्तु निर्यात हुने गरेका छन्।

प्रकाशित: Jan 21, 2021| 04:14 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्