बिहीबार, फागुन २८, २०८२

कोरोनाका कारण जिम्बाब्बेका विदेश मन्त्रीको निधन

जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको निधन भएको छ। 

National life

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि उनको बुधबार निधन भएको अधिकारीहरुले जनाएका छन्। 

राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्य अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन्। 

उनका पारिवारिक सदस्यले पनि कोरोनाका कारण निधन भएको बताएको अन्तर्राष्ट्रिय समाचार माध्यम सिन्ह्वाले उल्लेख गरेको छ।

‘मेरा दाजुको कोरोनाभाइरसका कारण निधन भएको छ, उहाँलाई हिजो मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो,’ उनका एक भाइले बुधबार भने। 

Laxmi sunrise bank
kumari

जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनी तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्।  

जिम्बाब्बेमा पनि गत सन् २०२० को मार्चदेखि कोरोनाभाइरसको महामारी फैलिन सुरु भएको हो। 

प्रकाशित: Jan 21, 2021| 01:44 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।