आइतबार, साउन १०, २०८३

अमेरिका : जो बाइडेनले लिए ४६ औं राष्ट्रपतिको शपथ

 संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा जो बाइडनले पदको शपथ ग्रहण गरेका छन्।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं- संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा जो बाइडनले पदको शपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

यस्तै कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथ लिएकी छन्। उनी उक्त पद निर्वाचित प्रथम महिला हुन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले शपथ ग्रहण गराएकी थिइन्।

निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको शपथ ग्रहण समारोहमा भाग लिएनन्। उनले शपथ ग्रहण समारोह पूर्व नै वासिंटन छाडेर फ्लोरिडातर्फ लागेको सीएनएनले जनाएको छ। 

शपथ ग्रहण गरेपछि जो बिडेनले भने, 'यो दिन अमेरिकाको हो, लोकतन्त्रको दिन हो, यो इतिहास र आशाको दिन हो।'

उनले अमेरिकाले धेरै चोटि धेरै परीक्षा लिएर विभिन्न चुनौतीको साथ उभिएको बताए। उनले भने, 'आज हामी एक जना उम्मेदवारको जित होइन,  प्रजातन्त्रकाे विजय मनाइरहेका छौं।'
 

प्रकाशित: Jan 20, 2021| 17:17 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।