बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बाइडेनको सत्तारोहणसँगै अमेरिका–ईरान सम्बन्ध सुध्रिने संकेत

बाइडेनको सत्तारोहणसँगै अमेरिका–ईरान सम्बन्ध सुध्रिने संकेत

अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेनले सपथ ग्रहण गर्दैगर्दा ईरानसँगको सम्बन्ध सुधार हुने संकेत देखिएको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

एजेन्सी- अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेनले सपथ ग्रहण गर्दैगर्दा ईरानसँगको सम्बन्ध सुधार हुने संकेत देखिएको छ।

National life

ईरानी राष्ट्रपति हसन रुहानीले अमेरिकासँग सम्बन्ध सुधारको प्रस्ताव गरेका हुन्। उनले बाइडेनको सपथ ग्रहण समारोह हुनुअघि सम्बन्ध सुधारको प्रस्ताव राखेका छन्।

उनले बाइडेनले २०१५ को ईरान परमाणु सम्झौता कार्यान्वयनको अपील गरेका छन्। साथै रुहानीले ईरानमाथि लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन्।

ईरानको मन्त्रिपरिषद् बैठकमा रुहानीले अमेरिकी राष्ट्रपति बाइडेनले अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गरुन् भन्ने चाहना व्यक्त गर्दै त्यसपछि सम्बन्ध सुदृढ हुने विश्वास लिएका छन्।

उनले भनेका छन्, ‘यदि अमेरिकाले यस्तो गर्‍यो भने ईरानले पनि सकारात्मक प्रतिक्रिया दिनेछ। यदि यसका लागि प्रयास गर्‍यो र अन्तर्राष्ट्रिय सम्झौताको सम्भान गर्‍यो भने हामीले इमान्दारितापूर्वक हाम्रो जिम्मेवारी निभाउने छौँ।

Laxmi sunrise bank
kumari

उनले आगामी चार वर्ष नयाँ राष्ट्रपतिले केही मेहनत गर्ने हो भने दुई देशबीचको सम्बन्ध सुधार हुने बताएका छन्।
उनले भनेका छन्, ‘विगत ३ वर्षदेखि हाम्रा नागरिकलाई मुस्किल भएको छ, तर पनि हाम्रा नागरिक डराएका छैनन्, डटिरहेका छन्।’

उनले कोरोना खोप खरिदका लागिसमेत अमेरिकाले बाधा पुर्‍याएको र आफ्ना नागरिकले यसको डटेर सामना गरेको बताएका छन्।

उनले अमेरिकी प्रतिबन्धका बाबजुद तेलका साथै अन्य वस्तुको निर्यातमा पनि अवस्था सुधार भएको र ईरानमाथि दबाब बनाइराख्ने अमेरिकी नीति असफल भएको बताएका छन्।

बाइडेनलाई रुहानीले भनेका छन्, ‘बाइडेनले विगतका घटनाबाट पाठ सिक्नुपर्छ। ट्रम्पको कार्यकाल सकिएको छ तर परमाणु सम्झौता अझै जिवित छ। यो सम्झौता कसरी अघि बढाउने भन्ने अब हामी दुई देशकै हातमा छ।’

उनले ट्रम्पले ईरानविरुद्ध षड्यन्त्र नगरेको भए सामान्य रुपमा अन्तर्राष्ट्रिय बजारमा आफूहरुले तेल बेच्न पाउने पनि बताए।
राष्ट्रपति रुहानीले भनेका छन्, ‘ट्रम्प हाम्रो देशमा दंगा गराउन चाहन्थे र हामीलाई पूर्ण रुपमा बर्बाद गराउन चाहन्थे। यदि उनले इमान्दारिताका साथ काम गरेको भए सबै मुद्दा सुल्झिन सक्थ्यो। उनले आपफ्नो प्रतिबद्धता पुरा गरेको भए हामीले एक छिनमै हाम्रो प्रतिबद्धता पुरा गर्ने थियौँ।’

उता अमेरिकामा रक्षा मन्त्रीको पद सम्हाल्दै गरेका एन्टोनी ब्लिन्केनले ईरानसँगको परमाणु सम्झौता कार्यान्वयनबारे छिटै निर्णय लिने बताएका छन्। बीबीसी

प्रकाशित: Jan 20, 2021| 09:20 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।