सोमबार, जेठ ७, २०८१

कर्णालीमा एमालेको एकल बहुमत गुम्यो, सरकारलाई हाइसन्चो

कर्णाली प्रदेशसभामा नेकपा एमालेको बहुमत गुमेको छ।
 |  सोमबार, साउन १८, २०७८

देव राना

देव राना

सोमबार, साउन १८, २०७८

सुर्खेत– कर्णाली प्रदेशसभामा नेकपा एमालेको बहुमत गुमेको छ। सर्वोच्च अदालतले फ्लोरक्रस गरेका कर्णाली प्रदेश सभाका सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको कारबाही सदर गरेसँगै प्रदेशसभामा एमालेको बहुमत गुमेको हो। 

triton college

कारबाहीअघि ४० सदस्यीय प्रदेशसभामा सभामुख राजबहादुर शाहीसहित एमालेका २० सांसद थिए। अब प्रदेश सभामा सभामुखसहित एमाले सांसदको संख्या १६ मा झरेको छ। माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका तत्कालीन सांसद धर्मराज रेग्मी पदमुक्त भएसँगै कर्णालीमा एमालेको एकल बहुमत थियो ।

तर आन्तरिक विवादका कारण एमालेले सरकार गठन गर्न सकेको थिएन। आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा वैशाख ३ गते एमालेका चार जना सांसदले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। चार सांसदकै कारण जोगिएको कर्णाली सरकार उनीहरु पदमुक्त भएसँगै ढुक्क (हाइसन्चो) भएको छ।

फ्लोर क्रसपछि पदमुक्त भएका चार सांसदलाई गत जेठ २७ गते सर्वोच्च अदालतको फैसलाले पुनर्वहाली गरिदिएपछि सरकार संकटमा परेको थियो। बहुमतलाई अल्पमतले शासन गरेको भन्दै एमालेले निरन्तर प्रदेशसभा बैठक अबरुद्ध गरेको थियो। एमालेको अबरोधकै कारण आर्थिक वर्ष ०७८–०७९ को बजेट प्रदेश सरकारले संसदबाट पास गर्न सकेको थिएन। 

असार १ गते संसदबाट बजेट प्रस्तुत भएपछि ११ पटकसम्म एमालेले बैठक अबरुद्ध गरेको थियो। अबरोध खुलाउन नसक्ने अवस्थामा पुगेपछि प्रदेश सरकारले संसद् अधिवेशन अन्त्य गरेर असार ३१ गते अध्यादेशबाट बजेट ल्याएको थियो । अब भने सत्तारुढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसलाई सरकार र संसद सञ्चालनमा सहज हुने देखिएको छ।

corrent noodles
Metro Mart

कर्णाली प्रदेशसभामा अब कायम रहेका ३५ सांसदमध्ये सभामुखसहित एमालेका १६, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन्। १८ जना सांसदको समर्थनमा सरकारले बहुमत प्राप्त गर्छ, जुन सत्तारुद्ध दल माओवादी केन्द्र र नेपाली कांग्रेससँग पर्याप्त छ।

८ सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित माओवादीले ३, नेपाली कांग्रेसले २ र फ्लोर क्रस गरेका ३ पूर्व सांसदले मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन्। माओवादीबाट मुख्यमन्त्री शाहीसहित गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्री र सीताकुमारी नेपाली आन्तरिक मामिला तथा कानुनी मन्त्री छन् । 

नेपाली कांग्रेसबाट यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास मन्त्री र दीनबन्दु श्रेष्ठ जलस्रोत तथा उर्जा विकास मन्त्री छन्। फ्लोरक्रस गरेका अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री, कुर्मराज शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।

प्रकाशित: Aug 02, 2021| 18:38 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...