बिहीबार, फागुन २८, २०८२

के–के हुँदैछ जो बाइडनको शपथ ग्रहणमा ?

बाइडन र ह्यारिसले यूएस क्पापिटलको अघि शपथ लिनेछन्। यो परम्परा राष्ट्रपति रोनाल्ड रिगनले सन् १९८१ मा सुरु गरेका थिए।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले आज (जनवरी २०) शपथ लिँदैछन्। कोरोना भाइरसका कारण शपथ ग्रहण समारोह (इनोग्रेसन) मा केही परिवर्तन गरिएको छ।

National life

सीमित व्यक्तिहरु मात्रै शपथ ग्रहणमा उपस्थित हुनेछन्। सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

के हो इनोग्रेसन ?

इनोग्रेसन एक औपचारिक समारोह हो। इनोग्रेसन पूरा भएपछि नै राष्ट्रपतिको कार्यकाल सुरु हुन्छ। यो समारोह वासिङ्टन डिसीमा हुन्छ। समारोहको सबैभन्दा महत्वपूर्ण राष्ट्रपतिको शपथ हो। शपथ लिँदै राष्ट्रपतिले भन्नेछन्, ‘म पूरै निष्ठाका साथ शपथ लिन्छु। पूरै इमानदारीका साथ अमेरिकाको राष्ट्रपति पदको जिम्मेवारी निभाउनेछु। म आफ्नो पूरै क्षमताका साथ अमेरिकाको संविधानको संरक्षण, सुरक्षा र बचाउ गर्नेछु।’

यी शब्द भनेपछि बाइडन अमेरिकाका ४६ औं राष्ट्रपति बन्नेछन्। कमला ह्यारिस समेत शपथ लिनेबित्तिकै उपराष्ट्रपति बन्नेछिन्।

Laxmi sunrise bank
kumari

अमेरिकी संविधानअनुसार इनोग्रेसन २० जनवरीमा हुन्छ। सुरुवाती भाषणको समय बिहान ११ः३० (अमेरिकी समय अनुसार) हुनेछ। त्यसैले जो बाइडन र कमला ह्यारिसको शपथ ग्रहण दिउँसो १२ बजेको आसपास हुनेछ। सोही दिन बाइडन ह्वाइट हाउसमा जानेछन्। आगामी चार वर्षका लागि उनको आवास ह्वाइट हाउसमै हुनेछ।

राष्ट्रपति पदका लागि इनोग्रेसन कार्यक्रमको समयमा कडा सुरक्षा व्यवस्थाको प्रबन्ध गरिन्छ। यसका लागि १० हजार सैनिक परिचालन हुनेछन्। आवश्यक परे अतिरिक्त पाँच हजार सैनिक उपलब्ध हुनेछन्। डोनाल्ड ट्रम्पको इनोग्रेसनमा आठ हजार सैनिक तैनाथ थिए। जो बाइडनले शपथ लिइरहेको बेलामा वासिङ्टन डिसीमा इमर्जेन्सी लगाइन्छ।

हालै भएका प्रदर्शन र अराजकतालाई हेरेर मेयर म्यूरियल बोअरले इमर्जेन्सी लगाउन आदेश दिएका छन्। जो बाइडनले आफ्नो सुरक्षा र इनोग्रेसनलाई लिएर चिन्तित नभएको बताएका छन्। तर बाइडनको इनोग्रेसन कमिटीका सदस्य सिनेटर एमी क्लोबाशरले सुरक्षामा ठूलो परिवर्तन हुन सक्ने बताएका छन्। ६ जनवरीमा जब ट्रम्पका समर्थक क्यापिटल हिलमा छिरेका थिए, त्यो समयमा उनी त्यहिँ थिए।

शपथ ग्रहण समारोहमा ट्रम्प आउँछन् ? 

पद छाड्नेवाला राष्ट्रपति आगामी नेतृत्वले शपथ लिएको बेला उपस्थित हुनु संस्कार बनिसकेको छ। यद्यपि यो पटक राष्ट्रपति ट्रम्प बाइडनको शपथ ग्रहणमा उपस्थित हुने छैनन्। ट्रम्पले केही साताअघि ट्वीट गर्दै भनेका थिए, ‘२० तारिखमा हुने इनोग्रेसनमा म उपस्थित हुने छैन।’

ट्रम्पले त्यो भन्दा पहिला नयाँ प्रशासनलाई व्यवस्थित तरिकाले सत्ता हस्तान्तरण गर्ने बताएका थिए। यही अभिव्यक्तिसँगै उनले पहिलो पटक सार्वजनिक रुपमा बाइडनसँगको हार स्वीकार गरेका थिए। 

तर, ट्रम्पका समर्थक उनीभन्दा एक कदम अघि देखिए। उनीहरुले भर्चुअल सेकेन्ड इनोग्रेसनको योजना बनाइरहेका छन्। बाइडनले शपथ ग्रहण गरिरहेको समयमा ट्रम्पका समर्थकले समेत भर्चुअल शपथ ग्रहण कार्यक्रमको आयोजना गर्नेछन्। करिब ६८ हजार मानिसले फेसुबकमा ट्रम्पका लागि यो कार्यक्रम आयोजना गरिने बताएका थिए।  

ट्रम्पले शपथ लिँदा उनीसँग पराजित हिलारी क्लिन्टन र उनका पति पूर्व राष्ट्रपति विल क्लिन्टन इनोग्रेसनमा उपस्थित थिए। राष्ट्रपति निर्वाचनमा आफ्नो हार र ट्रम्पसँगको चर्को चुनावी अभियानको दुई महिनापछि उनी इनोग्रेसनमा सहभागी थिइन्।

अमेरिकाको इतिहासमा अहिलेसम्म केवल तीन राष्ट्रपति जोन एडम्स, जोन क्विंस र इन्ड्रयू जोनसन आफ्नो उत्तराधिकारीको इनोग्रेसनमा उपस्थित भएनन्। पछिल्लो एक सय वर्षमा त कुनै पनि राष्ट्रपतिले यस्तो गरेका छैनन्।

इनोग्रेसनमा कोरोनाको कस्तो असर रहला ?

अवस्था सामान्य भए लाखौं मानिस इनोग्रेसनमा सहभागी हुने थिए। सन् २००९ मा बाराक ओबामा पहिलो पटक राष्ट्रपति बनेका बेला वासिङ्टनमा २० लाख मानिस भेला भएका थिए।  तर यो पटक उत्सव ठूलो हुनेछैन। वाइडनको टिमले नै समारोहमा सीमित मानिस हुने बताएका छन्।

बाइडनको टिमले कोरोना संक्रमणलाई ध्यानमा राखेर मानिसलाई राजधानी नआउन भनेका छन्। क्यापिटल हिल माथिको आक्रमणपछि प्रशासनले समेत यस्तो अपिल जारी गरेको छ।

बाइडन र ह्यारिसले यूएस क्पापिटलको अघि शपथ लिनेछन्। यो परम्परा राष्ट्रपति रोनाल्ड रिगनले सन् १९८१ मा सुरु गरेका थिए। त्यसको अघि नेशनल मल छ। पहिले औपचारिक समारोह हेर्नका लागि दुई टिकट जारी हुन्थ्यो। तर यो पटक पूरै अमेरिकामा कोरोना संक्रमणलाई ध्यान राखेर केवल एक हजार मात्रै टिकट जारी हुनेछ।

यो वर्ष पनि पास इन रिभ्यू समारोह हुनेछ। यो शान्तिपूर्ण सत्ता हस्तान्तरणको एक पारम्परिक हिस्सा हो। जसमा नयाँ कमान्डर इन चिफ सैनिक टुकडीसँग देखिनेछन्। तर आयोजकले भने अब पेन्सिलभेनिया एवेन्यूबाट ह्वाइट हाउससम्म एक सामान्य परेडको ठाउँमा पूरै अमेरिकामा भर्चुअल परेडको आयोजना हुने जनाएको छ। 

त्यसपछि सेनाका सदस्यले बाइडन र ह्यारिसलाई ह्वाइट हाउसमा लैजानेछन्। उनीहरुसँग ब्यान्ड र ड्रम बजाउने टुकडी पनि हुनेछ।

बाइडनले अहिलेसम्म उनको शपथ ग्रहण समारोहमा उनीसँग स्टेजमा को स्टार हुनेछन् भनेर बताएका छैनन्। तर यो पटक पनि कोही ठूलो स्टारले पर्फम गर्ने अपेक्षा गरिएको छ। 

हरेक राष्ट्रपतिको शपथ ग्रहण समारोहमा देशका चर्चित कलाकारले पर्फम गर्ने गरेका छन्। सन् २००९ मा अर्था फ्रांकलिनले बाराक ओबामाको इनोग्रेसन कार्यक्रममा पर्फम गरेका थिए। साथै बियोन्सेले चर्चित गीत ‘एट लास्ट’ आएका थिए।

सन् २०१३ मा बाराक ओबामाले केली क्लार्कसन र जेनिफर हडसनलाई आमन्त्रण गरेका थिए। बियान्से यो पटक पनि आउनेछिन्। उनले यो पटक राष्ट्रिय गीत गाउनेछिन्। 

यद्यपि डोनाल्ड ट्रम्पले कलाकारलाई बोलाउन समस्या झेल्नुपरेको थियो। एल्टन जोनले पर्फम गर्न अस्वीकार गरेका थिए। सेलिन डियोन, किस र गार्थ ब्रुक्सले समेत पर्फम गर्न अस्वीकार गरेको समाचार बाहिरिएका थिए। अन्त्यमा ट्रम्पको इनोग्रेसनमा रकेट्स, कन्ट्री आर्टिस्ट ली ग्रिनवुड र ब्यान्ड–३ डोर्सले पर्फम गरेका थिए।

जनवरीमै किन हुन्छ इनोग्रेसन ?

जनवरीमै इनोग्रेसन हुनुको कुनै खास कारण छैन। संविधानमा पहिले मार्च ४ मा नयाँ नेताले शपथ लिने व्यवस्था गरेको थियो। नोभेम्बरको चार महिनापछि शपथ लिने व्यवस्था गरिएको थियो। त्यो समयका लागि यो ठिकै व्यवस्था थियो। किनकी राजधानीमा चुनावी नतिजा आइपुग्न यो समय लाग्थ्यो। तर नयाँ राष्ट्रपतिलाई शपथ लिन चार महिना कुर्नुपर्ने समय निकै लामो थियो। यसलाई लेम डुक पिरियड भनिन्थ्यो।

तर आधुनिक प्रविधिका कारण मतगणता तिव्र बन्यो। नतिजा चाँडै आउन थाले। त्यसैले चार महिनाको यो अविधलाई परिवर्तन गरियो। यसका लागि संविधानमा २० औं संशोधन गरियो, जुन सन् १९९३ मा पारित भयो। यो संशोधनले २०जनवरीमा नयाँ राष्ट्रपतिको शपथ ग्रहण गर्ने दिन तोक्यो।

–बीबीसी हिन्दीबाट 
 

प्रकाशित: Jan 20, 2021| 02:14 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।