सोमबार, जेठ ४, २०८३

सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वाेच्च अदालतले सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक नियुक्ति गर्ने प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

National life

काठमाडौं– सर्वाेच्च अदालतले सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक नियुक्ति गर्ने प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। 

स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रिया र कार्यविधि संविधान र प्रचलित कानुनविपरीत रहेको भन्दै धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख एवम् नगरपालिका संघका केन्द्रीय महासचिव भीम ढुंगानाले दायर गरेको रिटमा न्यायाधिश डा.मनोजकुमार शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। 

शिक्षा मानव स्रोत विकास केन्द्रको कार्यविधि अनुसार अंग्रेजी, गणित र विज्ञानमा स्नातक र स्नातकोत्तर उत्तीर्ण जनशक्तिलाई एक वर्ष शिक्षक दरबन्दी नभएका सामुदायिक र प्राविधिक धारका विद्यालयमा १५ सय स्वयंसेवक शिक्षक खटाउने तयारीसमेत गरेको थियो। नेपाल शिक्षक संघले भने कार्यविधि संविधान र कानुनविपरीत रहेको भन्दै विरोध जनाउँदै आएको थियो। 
 

प्रकाशित: Jan 19, 2021| 11:46 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्