मंगलबार, चैत १०, २०८२

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा तीनजना सिफारिस

पदीय जिम्मेवारी दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा छानबिन भइरहेका व्यक्ति काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा सिफारिस भएका छन्।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं– काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा सिफारिस गरिएका अन्यमा प्रा.डा. रामकण्ठ माकजू,  प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेल सिफारिस भएका छन्।

National life

उपकुलपतिमा सिफारिस प्रा.डा. बालचन्द्र लुइँटेलमाथि पदीय जिम्मेवारी दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। 

लुइँटेलमाथि परेको उजुरीउपर छानबिन भइरहेकाले थप केही बताउन नमिल्ने अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

काठमाडौं विश्वाविद्यालय स्कुल अफ एजुकेसनका पूर्व सहायक डिन लुइँटेलमाथि सोही संकायमा अध्ययनरत विद्यार्थीसँग प्राज्ञिक सहयोग गरिदिने भन्दै लाखौं रुपैयाँ लिएको आरोप छ।

यस्तै उनीमाथि स्कुल अफ एजुकेसनअन्तर्गत नर्वे सरकारको सहयोगमा सञ्चालित प्रोजेक्ट प्रमुख हुँदा लाखौं रुपैयाँ भ्रष्टाचार गरेको,  राजनीतिक दबाब र पहुँचका आधारमा विश्वविद्यालयमा मनोमानी गरेको आरोप छ।

Laxmi sunrise bank
kumari

उपकुलपति नियुक्तिका लागि गठित ‘सर्च कमिटी’ ले प्रा.डा. लुइँटेलसहित तीन जनाको नाम प्रधानमन्त्री (कुलपति) समक्ष सिफारिस गरेको हो। 

विश्वविद्यालयमा उपकुलपति छनोटका लागि पहिलोपटक आवेदन आह्वान गरिएको थियो। आवेदन परेकामध्येबाट छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

डा.माकजू दुई पटक काठमाडौं विश्वविद्यालयको उपकुलपति भइसकेका छन्। उनले तेस्रो कार्यकालका लागि आवेदन दिएका हुन्।

चिकित्सक पेसाबाट नेतृत्व तहमा आएका डा. माकजूमाथि शैक्षिक व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गर्न नसकेको आरोप छ। सर्च कमिटीले उनको नाम एक नम्बरमा सिफारिस गरेको छ।  

डा. थापा सोही विश्वविद्यालयका रजिस्ट्रार थिए। उपकुलपति डा. माकजूसँग कुरा नमिल्दा उनले रजिस्ट्रार पदबाट राजीनामा दिएका थिए। उनी हाल सोही विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा प्राध्यापन गर्छन्। उनको नाम दास्रो नम्बरमा सिफारिस भएको छ।

तेस्रो नम्बरमा सिफारिस भएका डा. लुइँटेल  काठमाडौं विश्वविद्यालयको विश्वविद्यालय सभा सदस्य पनि छन्। 

सिफारिस भएका तीनमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई उपकुलपति नियुक्ति गर्नुपर्ने कानुनी प्रावधान छ। 

सर्च कमिटीमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना छन्।

 

 

 

प्रकाशित: Jan 19, 2021| 07:04 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्