बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बाटो किनारमा सुतेका मजदुरमाथि ट्रक चल्दा भारतमा १५ जनाको मृत्यु

बाटो किनारमा सुतेका मजदुरमाथि ट्रक चल्दा भारतमा १५ जनाको मृत्यु

सुरतमा बाटो किनारमा सुतिरहेका आप्रवासी कामदारमाथि एउटा ट्रक गुड्दा  १५ जनाको ज्यान गएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै इण्डियत एक्सप्रेसले जनाएको छ। 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं– भारतको गुजरात राज्यको सुरतमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ। 

National life

सुरतमा बाटो किनारमा सुतिरहेका आप्रवासी कामदारमाथि एउटा ट्रक गुड्दा  १५ जनाको ज्यान गएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले जनाएको छ। 

तीव्र गतिको ट्रक बाटोको किनारमा सुतिरहेका आप्रवासी कामदारमाथि कुदेपछि उक्त घटना भएको हो।  

सुरतबाट झण्डै ६० किलोमिटर टाढा रहेको कोसाम्बा गाउँमा यो घटना भएको हो। ज्यान गुमाउने सबै राजस्थानका कामदार रहेको बताइएको छ।  

किम–माण्डवी सडकको छेउमा सुतेका कामदारमाथि ट्रक गुड्दा भएको दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार क्षतिपूर्ति दिने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन्। उनले घटनाप्रति दुःख व्यक्त गर्दै ट्वीटरमार्फत उक्त घोषणा गरेका हुन। 

Laxmi sunrise bank
kumari

१२ जनाको घटनास्थलमै ज्यान गएको थियो भने तीनजनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको भारतीय मिडियाले जनाएका छन्।  पाँच जना घाइतेको  स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ट्रकका चालक पक्राउ परेका छन्।

प्रकाशित: Jan 19, 2021| 04:40 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।