मंगलबार, चैत १०, २०८२

४५ हजार विद्यार्थीले भर्चुअल भ्रमण गरे ईक्यान शैक्षिक मेला 

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले आयोजना गरेको १४ औँ ईक्यान शैक्षिक मेला भर्चुअल रुपमा ४५ हजारले अवलोकन गरेका छन्। 
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं– नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले आयोजना गरेको १४ औँ ईक्यान शैक्षिक मेला भर्चुअल रुपमा ४५ हजारले अवलोकन गरेका छन्। 

National life

शुक्रबारदेखि चार दिनसम्म सञ्चालन भएको मेला सोमबार सम्पन्न भएको हो। समापन कार्यक्रममा मेला संयोजक एवं ईक्यानका प्रथम सचिव वासुदेव दाहालले विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट शैक्षिक परामर्श प्रदान गरिएको मेलामा ४५ हजारभन्दा बढी विद्यार्थी एवं अभिभावकले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा भ्रमण गरेकोे बताए। 

उनले भने, ‘ईक्यान मेला एउटा प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्ने अवसरको रुपमा परामर्श व्यवसायीले लिएका थिए। जसअनुरुप विद्यार्थी र अभिभावकको उल्लेख्य उपस्थितिमा सफलताका साथ मेला सम्पन्न गर्न सक्यौँ।’

ईक्यान भर्चुअल मेला सम्पन्न गर्न सहयोग गर्ने सबै सरोकारवाला, व्यवसायी, विद्यार्थी एवं अभिभावकलाई धन्यवाद दिँदै ईक्यान अध्यक्ष प्रकाश पाण्डेले विगत चार दिनसम्म सञ्चालन भएको मेलाले विद्यार्थी एवं अभिभावकलाई सुसूचित गर्न सकेको बताए।

उनले भने, ‘नेपालबाट विदेश अध्ययनमा जाने ७० देशका विश्वविद्यालय, शिक्षण संस्था, भौतिक शैक्षिक वातावरणका बारेमा कोभिडका कारण रोकिएको परामर्शका गतिविधिलाई अघि बढाउन यो मेला प्रभावकारी भएको छ। मेला प्रविधिको प्रयोगमार्फत आम विद्यार्थीलाई सुसूचित गराउन सफल भएको छ।’

Laxmi sunrise bank
kumari

मेलामा एक सयभन्दा बढी परामर्श व्यवसायीका स्टल थिए।
 

प्रकाशित: Jan 18, 2021| 12:04 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्